९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘आश्वासन होइन, विकास चाहिएको छ’

‘आश्वासन होइन, विकास चाहिएको छ’
अ अ+ अ-

घोराही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ।

मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजनाको ‘ग्यारेन्टी’ गर्न माग गरेका छन् । निर्वाचनका क्रममा आश्वासन दिने तर पछि काम नगर्ने प्रवृत्तिले जनताले बर्सेनि नेतासँग उही माग दोहो¥याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–१८ का सुरेश पुनमगरले बताउनुभयो ।

“धेरै पटक मतदान गरिसकेँ तर कुनै पनि नेताले आफ्नो वाचाअनुसार काम गरेको देखिँदैन । देशमा भनेजस्तो रोजगार नहुँदा दिनहुँ लाखौँ युवा विदेसिनु पर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “देशमै कृषि गरौँ भने पनि भनेको बेला सिँचाइ, मल, बीउ नपाउने समस्या छ ।”

दाङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेसमक्ष तुलसीपुर उपमहानगरपालिका–१८ का मतदाता खिमा घर्तीले निर्वाचनका बेला आश्वासन मात्रै होइन, जनतालाई दुःख पर्दा साथ दिने र वास्तविक विकास गर्ने नेताको आवश्यकता रहेको सुनाउनुभयो ।

घिमिरेसमक्ष त्यहाँका अन्य स्थानीयले पनि विगतमा धेरै आश्वासन सुनिएको तर अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरे । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो ।

गुनासो सुनेपछि उम्मेदवार घिमिरेले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकताअनुसार विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उनीहरुझैँ अधिकांश मतदाताले निर्वाचनका क्रममा उम्मेदवारबाट सडकको स्तरोन्नति, कल्भर्ट निर्माण, सडक कालोपत्र, विद्युत्, सिँचाइको व्यवस्था, कुलो निर्माण, ह्युमपाइप राख्नेलगायतका आश्वासन दिने गरे पनि वाचाअनुसार काम नगर्ने प्रवृत्तिका कारण जनताले दुःख पाउने गरेको गुनासो गर्ने गरेका छन् ।

दाङ क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यलगायत उम्मेदवारहरु मतदाता भेट्न घरदैलो कार्यक्रममा छन् ।

दाङ २ मा घोराही उपमहानगरपालिकाका १५, तुलसीपुर उपमहानगरपालिकाका चार वडा र बङ्गलाचुली गाउँपालिकाका आठ वडा रहेका छन्भने हाल थपिएका सात हजार २३६ सहित एक लाख ४० हजार ९४८ मतदाता छन् । रासस