४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

एमसिसी पास हुन्छ, तर शर्त जरुरी छैन् : पौडेल

एमसिसी पास हुन्छ, तर शर्त जरुरी छैन् : पौडेल
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ । प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ ।’ यद्धपी उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन छन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए । उनले भने,‘डिएफआईडी खासगरी युएनअन्तर्गतका अरु थुप्रै प्रोजेक्टहरु यहाँ सञ्चालित छन् । ती सञ्चालन गर्नको लागि सदनबाट पारित गरेर कानून बनाउनु परेको छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसिसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन तथा अनुशन्धान गरेर नै बोलेको पनि स्पष्ट पारे । उनले भने,‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्नेपनि छ, तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खरै अमेरिकी दुतावासले जारी गरेको दश बुँदे निश्कर्षपनि हेरें । ’ उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भुकम्प आयो, किन ग्रान्ट दिएन् ?’

पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन् । हामी अमेरिकाको ५५ अर्ब नगुमोस भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैनथियो भन्ने उनको तर्क छ ।
नेता पौडेलले सभामुखमा उम्मेद्धवारी दिएका अग्निप्रसाद सापकोटाले सबैलाई मिलाएर सहमति र एकताकासाथ अघि बढाउन सक्ने विश्वास व्यक्त गरे । उनले भने,‘मैले त उहाँसँग लामो समयदेखि सहकार्य गर्दै आएको छु । उहाँ सुरुमा शिक्षक संगठनमा सक्रिय हुनुहुन्थ्यो । हामी विद्यार्थी कालदेखि नै सक्रिय थियौं । उहाँ भूमीगत राजनीतिमा सक्रिया हुनुभएको नेता हो । कतिपयले उहाँलाई आफ्ना छोराछोरीलाई पढाएर, बचाएर हिँडेको मान्छे पनि भन्ने गरिन्छ । तर, उहाँ त आफन्त, छोराहरु लिएर भुमिगत आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँ तीन–तीन पटक सांसदमा निर्वाचित हुनुभयो ।’

उनले सापकोटा योग्यहरुमध्येको योग्य उम्मेद्धवार भएको बताए । उनले भने,‘उहाँ योग्य उम्मेद्धवार हो । शिवमायापनि योग्य उम्मेद्धवार नै हुनुहुन्थ्यो । सुवासजी पनि योग्य हुनुहुन्थ्यो । पार्टीभित्र छलफल भयो । कहिलेकाहीँ आकस्मिकता र संयोगले हुन्छ, अहिले सापकोटाजीको सभामुखमा जीत सुनिश्चित छ ।’ उनले सापकोटालाई सभामुखको सफल कार्यकालको शुभकामना समेत दिए । उनले भने,‘हामी सबैको उहाँलाई साथ र सहयोग रहन्छ । उहाँले अब सबैलाई मिलाएर जानुपर्छ ।’

उनले उपसभामुख कसलाई दिने भन्नेबारे छलफल चलिरहेको पनि सुनाए । सभामुखको चयन भएपछि उपसभामुखकोबारे टुँगो लाग्ने उनको भनाई छ । उनले भने,‘उपसभामुख को हुन्छ ? भन्नेबारे छलफल चलिरहेको छ । कांग्रेसबाट पनि हुन्छ, वा चित्रबहादुर दाईको दलबाट पनि हुनसक्छ । यसबारेमा छलफल भैरहेको छ ।’