५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

नेकपा सदस्यता नवीकरण : तीन महिनाभित्र गर्नुपर्ने

नेकपा सदस्यता नवीकरण : तीन महिनाभित्र गर्नुपर्ने
अ+ अ-

काठमाडौं । आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको छ। केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन।

साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन। अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ। एकताको अघिल्लो दिन (०७५ जेठ २ गते) सम्मको साबिक दुवै पार्टीका सदस्यलाई सदस्यता नवीकरण गर्न उसले तीन महिना समय तोकेको छ।

अभिलेख सम्बन्धित भूगोलका प्रदेश र विशेष प्रदेश कमिटीले जिल्ला, गाउँ, नगर कमिटीलाई माघ मसान्तसम्म उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ। ओली–दाहालले गरेको सर्कुलरमा भनिएको छ, ‘०७५ जेठ २ सम्म कायम पार्टी सदस्यलाई संगठित सदस्य मानी ०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्नुपर्ने छ।’

नवीकरण गराउन कार्यदल: नेकपाले गाउँ तहसम्मै सदस्यता नवीकरण गर्न कार्यदल बनाएर खटाउने भएको छ। गाउँपालिकामा केन्द्र रहेको ठाउँमा र नगरपालिकामा वडाको केन्द्र रहेको ठाउँमा सम्पर्क कार्यालय राखी कार्यदलले सदस्यको अभिलेख राख्ने र नवीकरणका लागि आवश्यक कागजात जुटाउने आन्तरिक सर्कुलरमा उल्लेख छ।

गाउँपालिका र नगरपालिकामा जाने कार्यदल जिल्ला कमिटीको सचिवालय सदस्यको संयोजकत्वमा ५ सदस्यीय हुने। विशेष कमिटीमा रहेकाहरूको हकमा कमिटीले तोकेको स्थानमा विशेष जिल्ला कमिटीको सचिवालय सदस्यकै संयोजकत्वको ५ सदस्यीय कार्यदल परिचालन गर्ने तयारी नेकपाको छ।

आफैं उपस्थित हुनुपर्ने:सदस्यता नवीकरणका लागि गएका कार्यदल सदस्य भएको ठाउँमा सदस्य आफैं उपस्थित भएर आवश्यक कागजात बुझाउनुपर्नेछ। उनीहरूले सदस्यता शुल्क तिरेको रसिद निवेदनसहित सदस्य स्वयं उपस्थित हुनुपर्ने परिपत्रमा उल्लेख छ।

नवीकरणका लागि जाने कार्यदलले केन्द्रीय संगठन विभागले दिएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र दर्ता गर्ने र निवेदकमध्ये योग्य ठहरिएकाको सदस्यता नवीकरण गर्न प्रस्ताव तयार पार्ने र जिल्ला कमिटीरविशेष कमिटीले त्यसका आधारमा संगठित सदस्यता नवीकरण निर्णय गर्ने कार्यविधि बनाइएको छ।

केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, कम्युनिस्ट ज्येष्ठ मञ्च, केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयका पदाधिकारी तथा सदस्यहरूको सदस्यता नवीकरण भने केन्द्रकै संगठन विभागको कार्यालयले गर्नेछ। नवीकरण गरेका संगठित सदस्यको अभिलेखको छापा प्रति र डिजिटल प्रति तयार गर्ने र उनीहरूलाई सदस्यता नम्बर उपलब्ध गराउने योजना पनि नेकपाको छ। अन्नपुर्णपोष्ट दैनिकबाट