१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

संघीय निजामती सेवा ऐन बनाउने विषयमा मन्त्री र संसदीय समितिको नै बेवास्ता

संघीय निजामती सेवा ऐन बनाउने विषयमा मन्त्री र संसदीय समितिको नै बेवास्ता
अ अ+ अ-

काठमाडौं । मुलुकको प्रशासन हाक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन बनाउने संवेदनशील विषयलाई सरोकारवाला मन्त्री र संसदीय समितिले नै बेवास्ता गरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी र संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको चरम बेवास्ताका कारण संघीय निजामती सेवा विधेयकको दफावार छलफल प्रक्रिया दुई सातादेखि अवरुद्ध बन्न पुगेको छ । संघीय निजामती सेवा विधेयक राज्यव्यवस्था तथा सुशासन समितिमा पेस भएको एक वर्ष बितिसकेको छ तर समितिका सदस्यहरूको संवेदनहीनताका कारण विधेयकले अन्तिम रूप पाउन सकेको छैन ।

संघीय निजामती सेवा ऐन केन्द्रीय प्रशासन सञ्चालन गर्ने मुख्य र मार्गदर्शक कानुन हो । यही कानुनको आधारमा नै प्रदेशले प्रदेशको प्रशासन सञ्चालन गर्ने प्रदेश निजामती सेवा ऐन र स्थानीय तहले त्यहाँको प्रशासन हाक्ने स्थानीय सेवा ऐन बनाउनु पर्छ । केन्द्रमा संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रदेश र स्थानीय तहले पनि आफ्नो कानुन बनाउन सकेका छैनन् । जसका कारण तीन वटै तहमा संघीय शासनअनुरूपको कर्मचारी प्रशासन सञ्चालन हुन सकेको छैन र सेवा प्रवाह कमजोर हुँदै गइरहेको छ ।

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीय शासन व्यवस्थामा केन्द्रिकृत शासन प्रणालीमा नै बनाइएको निजामती सेवा ऐनलाई नै आधार मानेर कर्मचारी प्रशासन चलाउँदै आएको छ । जसका कारण कर्मचारी प्रशासन चुस्त र व्यवस्थित बन्न सकेको छैन । प्रदेश र स्थानीय तहमा भने प्रशासन ‘भ्याकुम’को अवस्थामा छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदेश त्रिपाठी मन्त्री बनेर आएपछि महत्वपूर्ण नीतिगत कामसमेत अगाडि बढ्न नसकेको मन्त्रालयका कर्मचारी बताउँछन् । त्रिपाठीले सुरुका दिनमा राम्रै कार्य सम्पादन देखाए पनि पछिल्ला दिनमा आएर कुनै पनि उल्लेख्य कार्य गर्न नसकेको गुनासो कर्मचारीको छ ।

त्रिपाठीले संघीय निजामती सेवा विधेयकलाई संसदीय समितिमा छलफल गराई छिटोभन्दा छिटो स्वीकृत गराउन कुनै पहल गरेका छैनन् । उल्टो उनले विधेयक दुई साताअघि दफावार छलफल भइरहेको अवस्थामा केही दिनलाई समय माग गर्दै छलफल स्थगित गराउन लगाएका थिए । ‘मन्त्रीज्यूले नै विधेयकका बारेमा थप छलफल गर्ने भन्दै समितिको बैठक स्थगित गर्न लगाउनुभयो तर त्यसपछि बैठक सुरु गराउन समितिमा कुनै पहल नै गर्नुभएको छैन, यसैका कारण छलफलअवरुद्ध भएको हो ।’मन्त्रालयका एक अधिकृतले भने ।

मन्त्रीले समितिसँग विधेयकको बारेमा थप छलफल गर्नुपर्ने बताए पनि त्यस यता मन्त्रीले विधेयकका बारेमा सार्थक छलफल गरेका छैनन् । हालको मन्त्रालयको सबैभन्दा ठूलो बिजनेस भनेकै संघीय निजामती सेवा विधेयकलाई टुंगोमा पुर्याएर संघीय निजामती सेवा ऐन जारी गरी लागू गराउनु हो तर यही महत्वपूर्ण कार्यमा मन्त्रीले बेवास्ता गर्नु दुःखद भएको कर्मचारीको गुनासो छ । संघीय निजामती सेवा विधेयकमा यसअघि सहमति भइसकेका धेरै विषय फेरि उल्टाउन खोजेको आरोप मन्त्री त्रिपाठी माथि लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देशभरका स्थानीय तहको सम्पर्क मन्त्रालयसमेत हो । कर्मचारी व्यवस्थापनको जिम्मेवारी पनि यही मन्त्रालयभित्र पर्छ । स्थानीय तहमा धेरै बेथितिहरू देखिइरहेको अवस्थामा त्यसलाई समाधान गर्न संघीय मामिला मन्त्रालयले गर्नुपर्ने नीतिगत निर्णयसमेत मन्त्रीकै बेवास्ताका कारण हुन सकेका छैन । स्थानीय तहमा कर्मचारीको चरम अभाव रहँदै आएको छ । कर्मचारीको व्यवस्थापन गर्न मन्त्रालय असफल हुँदै आएको देखिन्छ । राजधानी दैनिकबाट