१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा

महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा
अ अ+ अ-

काठमाडौँ । मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सुरुवात भएको छ। मंगलबारबाट सेनाको वीरेन्द्र छाउनी अस्पतालमा महानगरका मेयर विद्यासुन्दर शाक्यले हेमोडायलासिस मेसिन खोली सेवाको शुभारम्भ गरेका छन्। सेवाको सुरुवातमा काठमाडौं महानगरपालिका वडा नम्बर १५, डल्लु निवासी ६२ वर्षीया चन्द्रादेवी मर्जनको उपचार गरिएको थियो। गत पुष दुई गते मिर्गौलाका बिरामीहरूको निःशुल्क हेमोडायलासिस गर्नेगरि नेपाली सेनासँग महानगरको सम्झौता भएको थियो।

सेवाको शुभारम्भ गर्दै मेयर शाक्यले महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए। आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने मेयर शाक्यले जानकारी दिए। ‘बिरामी भएपछिको उपचार गर्न मात्रै नभइ बिरामी हुनअघि गरिने स्वास्थ्य सेवाका लागि पनि सहयोग गर्न महानगर तयार छ,’ मेयर शाक्यले भने, ‘अस्पतालबाट सर्वसाधरण जनताले सरल रूपमा सेवा प्राप्त गर्ने वातावरण बनाउनुपर्छ। थप सहयोग गर्न महानगर तयार छ।’

सेवा शुरभारम्भ गरेपछि पहिलो सेवा लिएकी महर्जनले खुसी व्यक्त गरिन्। ‘बिरामीको उपचारका लागि महानगरपालिकाले गरेको सहयोगले आभारी छु,’ महर्जनले भनिन्, ‘सेवा विस्तारका लागि महानगरपालिकाले थप सहयोग गरोस। सहयोगले हामी जस्ता बिरामीलाई धेरै राहत हुनेछ।’ मेयर शाक्यले सेवा प्रवाहलाई सहज बनाउन हेमोडाइलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्तिका लागि आवश्यक पर्ने थप रकम विनियोजन गर्न तयार रहेकोसमेत बताए।

हेमोडाइलासिस सेवाका लागि महानगरपालिकाले आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको थियो। हाल छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा दैनिक चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ। जनशक्ति र उपकरण थप भएपछि दैनिक नौ देखि १२ जनासम्म बिरामीको हेमोडायलासिस गरिने अस्पतालले जनाएको छ। बिरामीले हेमोडाइलासिस सेवा लिनका लागि महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको छ।

सेवा शुभारम्भ कार्यक्रममा सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक उपरथी सुनिल सिंह, अस्पतालका निमित्त कमाण्डर नागेन्द्रबहादुर केसी, वीरेन्द्र अस्पताल छाउनीका महासेनानी अजयराज भण्डारी, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, स्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्र विलास बज्राचार्यलगायतको उपस्थिति थियो। अन्नपुर्णपोष्ट दैनिकबाट