१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ बन्ने



अ+ अ-

काठमाडौं । धुलिखेल–बर्दिवास सडकखण्डमा सवारीसाधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रदा अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो । एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दुरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए । उनका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रूपमा खुर्कोट–नेपालथोक रहेको छ ।

उनले भने, ‘चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ ।’ साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी शुरु गरिएको हो । बिसाउन र रोक्न मिल्ने स्थान भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन् । सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो ।

आयोजना व्यवस्थापक भाटले भने, ‘सडकको बढी साँघुरा स्थानमा जोन निर्माणको योजना बनाइएको हो ।’ सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ । निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने स्थानसमेत डिजाइनमा छ ।

मुख्य सुरुङमार्गमा तीनवटा सवारीसाधन सहज आवतजावत गर्न सक्ने र एउटा गाडी बिग्रदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सौर्य दैनिकबाट