१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

दस दिनपछि भारतले नेपाललाई ‘रेलसेट’ पठाउने

दस दिनपछि भारतले नेपाललाई ‘रेलसेट’ पठाउने
अ अ+ अ-

काठमाडौं । नेपाल धनुषा कुर्थादेखि भारत जयनगरसम्म रेल सञ्चालन हुन अझै महिना दिन लाग्ने भएको छ । ‘रेलसेट’ आउन अझै तीन साताबढी लाग्ने भएको छ । नेपालबाट सञ्चालन गर्न लागिएको ‘रेलसेट’ १० दिनपछि भारतबाट पठाइने भएको हो । सो ‘रेलसेट’ झन्डै १५ दिनमा नेपाल आईपुग्नेछ । सरकारले भारतको कोनकान कम्पनीमार्फत ‘रेलसेट’ खरिद प्रक्रिया अघि बढाएको हो । पाँच डिब्बा भएको दुई ‘रेलसेट’ खरिद गरिँदै छ ।

रेल विभागले ‘रेलसेट’ आइपुग्नेबित्तिकै सञ्चालन तयारी भइरहेको जनाएको छ । यो सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने बताइएको छ । नेपालमा ‘रेलसेट’ आएपछि त्यसको जाँच हुनेछ । सम्झौता अनुरूप भए त्यसपछि सञ्चालन हुने विभागले जनाएको छ । उसका अनुसार आगामी फागुनसम्ममा रेल सञ्चालन गर्ने तयारी जारी छ । भारतबाट ‘रेलसेट’ ल्याउने तयारी भइरहे पनि लिक, स्टेसन लगायतका भौतिक पूर्वाधार कार्य भने सम्पन्न भएको छ ।

नेपालमा पहिलो चरणमा एकसेट मात्र आउनेछ भने त्यसको एक महिनापछि अर्को आइपुग्ने विभागले जनाएको छ । विभागका अनुसार एउटा रेलको क्षमता १ हजार ३ सयसम्म यात्रु बोक्न सक्ने हुनेछ । राजधानी दैनिकबाट