५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियोः निर्वाचन आयोग

प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियोः निर्वाचन आयोग
अ+ अ-

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तिब्रता दिएको छ ।

आयोगले आईतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तिब्रता दिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई शुरु भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाईको काम सकिएको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ शुरु गरिएको हो । प्रत्यक्षतर्फ अब करिव दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ । मतदाता नामावली छपाइको काम पनि आगामी हप्तामा सकिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामीले यो हप्ता मतपत्र छपाई र मतदाता नामावली छपाईलाई प्राथमिकतामा राखेका छौँ । सम्भवत् आउने हप्तासम्ममा मतदाता नामावली छपाई पुरै सकिन्छ । मतपत्र छपाईको काम चाँही समानुपातिकतर्फको दुई करोड ८ लाख ३० हजार मतपत्र चाहिने थियो, त्यति मतपत्र सबै छापिसकियो । गएको हप्तादेखि प्रत्यक्ष तर्फको मतपत्र छपाईको शुरु भएको छ । हालसम्म २५ जिल्लाको ३० लाख मतपत्र चाहीँ प्रत्यक्ष तर्फको छापेर सम्पन्न भईसक्यो । अब बाँकी करिव दुई करोडमध्ये ३० लाख छापेर सकियो अब १ करोड ७० लाख छाप्ने हो । एक दिनमा १२ देखी १५ लाखको संख्यामा मतपत्र छापिन्छ । त्यो हिसाबमा हामीले टार्गेट मिट गर्छौ । हामी कार्यतालिका भित्रै छौँ ।’ 

उहाँले निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले निर्धारित कार्ययोजनाअनुसार कामलाई तिब्र बनाउँदै लगेको जानकारी दिनुभयो । – न्युज एजेन्सी नेपाल

तस्बिर : प्रदीपराज वन्त, निर्वाचन आयोग