१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रामग्रामलाई पोषणयुक्त बनाइँदै

रामग्रामलाई पोषणयुक्त बनाइँदै
अ अ+ अ-

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई षोषणयुक्त नगर बनाउन कार्ययोजना बनाइएको छ । कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सरोकार पक्षले सामूहिक प्रतिबद्धतासमेत जनाएका छन् ।

मातृ शिशुु तथा किशोरकिशोरीको पोषणस्थितिमा सुधार ल्याउन यस किसिमको योजना बनाइएको नगरपालिकाले जनाएको छ । बालमैत्री अभियानलाई समेत सघाउ पुग्ने गरी नगरपालिकालाई स्वच्छ, सफा, स्वस्थ्य र पोषणयुक्त नगर बनाउन कार्ययोजना निर्माण गरी सामूहिक प्रतिबद्धत गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो ।

फायल फोटो

उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन र दीगो विकासको लक्ष्य प्राप्तिका लागि अभियानले इँट्टा थप्ने छ, प्रतिबद्धता अनुसार यसवर्षका क्रियाकलाप तय गरी वार्षिक तथा त्रैमासिक योजना बनाइ कार्यान्वयका लागि अर्को वर्षदेखि प्रतिबद्धता अनुसारको योजना बनाइ योजना निर्माण प्रक्रियाको माध्ययमबाट नगरपालिकाको वार्षिक कार्यक्रममा समाहित गरी कार्यान्वयन गर्नेछौँ”

कार्ययोजना अनुसार एकीकृत पोषणसँग सम्बन्धित नीतिगत व्यवस्था तथा कार्यान्वयनलाई सुदृढ गर्न ‘रामग्राम नगरपालिकाको सरोकार स्वच्छ पारदर्शी विकासमुखी स्थानीय सरकार’ नारालाई साकार पार्न समृद्धिको योजना सञ्चालन गरिनेछ । ‘नगर प्रमुखसँग उद्यमशीलता विकास कार्यक्रम‘ लागू गरी समाजमा पछि परेका वर्ग, समुदायको सीप र क्षमता बढाउने कार्यक्रम सञ्चालन गर्ने, स्थानीय बालमैत्री शासन नगरका पूर्वाधार विकास गर्ने, बालश्रमुक्त नगर तथा बालमैत्री नगर घोषणा गर्न आवश्यक मापदण्ड पूरा गर्ने साथै बालश्रम विरुद्घ शून्य सहनशीलताको नीति अवलम्बन गर्ने योजना अघि सारिएको छ ।

नगरपालिका क्षेत्रभित्र दाईजो, बालविवाह, छुवाछुत जस्ता सामाजिक कुरीति र कुप्रथा अन्त्य गर्न सचेतनामुूलक सामाजिक जागरण कार्यक्रम सञ्चालन गर्ने, एक घर दुई बिरुवा रोप्ने अभियान प्रभावकारी बनाइ नगरलाई सुन्दर, हराभरा र प्रकृतिमैत्री बनाउने, छोरी बचाऊ, छोरी पढाऊ भन्ने अभियान सञ्चालन गरी महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी समानता र समतामूलक समाजको निर्माण गर्ने योजना पनि अघि सारिएको नगर उपप्रमुख रम्भा कुँंवरले बताउनुभयो ।

सुनौला एक हजार दिनका आमालाई प्रोत्साहन गर्ने कार्यक्रम, पोषणमैत्री स्थानीय शासनको अवधारणा अवलम्बन गरी यस नगरपालिकालाई पोषणमैत्री बनाउने नीति अवलम्बन गर्ने स्वास्थ्य शाखा प्रमुख कृष्ण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य र सुरक्षित मातृत्व कार्यक्रमलाई नगरपालिकाभरि लागू गर्ने, हजार दिने आमा तथा लक्षित समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बर्थिङ सेन्टरको विस्तार गरी पूर्ण संस्थागत प्रसूति कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति पनि हामीले लिएका छौँ ।”

नगरपालिकाले अब विद्यालय व्यवस्थापन समितिमा बालबालिकालाई पनि समावेस गर्ने भएको छ । शिक्षा शाखा प्रमुख बल्लाभाचार्य गिरीले भन्नुभयो, “सामुदायिक विद्यलयहरुको गुणस्तरमा अभिवृद्धि गर्ने, विद्यालयमा बालमैत्री वातावरणको सिर्जना गर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजाको निरन्तरता साथै दिवा खाजामा स्थानीय पोसिला खाध्य पदार्थको प्रयोग गर्ने नीति लिएर हामी कार्यान्वयनमा गएका छौँ, जङ्क फुड निषेधित विद्यालय घोषणा अभियानलाई अगाडि बढाउने, विद्यालयका किशोरीका लागि पोषण, महिनावारी स्वच्छता र सरसफाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम लागू गरेका छौँ ।”

स्वस्थ र स्वच्छ खानेपानीमा सबै नगरवासीको पहुँच पु¥याउने तथा नगर सरसफाइ सम्बन्धी गुरुयोजना पनि बनाइने भएको छ । एक घर एक करेसाबारी जैविक तरकारी र फलफुलका बिरुवा अभियान सञ्चालन गरिने भएको छ । आधुनिक शीत भण्डारको निर्माण, कृषि हाटबजारको व्यवस्थापन गरी साथै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।