९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

दौडदै दुल्लू पुगेका बालेनलाई बिष्णुले भने: उत्माद, अतिवाद र अतिरञ्जनाले राष्ट्रलाई राम्रो गर्दैन

आरोपको जवाफ दिन पनि सक्नुपर्छ । रहस्यको पात्र बनेर युवाहरुलाई रुमल्ल्याउन खोज्नुलाई कदापि लोकतान्त्रिक मान्न सकिन्न ।

दौडदै दुल्लू पुगेका बालेनलाई बिष्णुले भने: उत्माद, अतिवाद र अतिरञ्जनाले राष्ट्रलाई राम्रो गर्दैन
अ अ+ अ-

कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सुदूरपश्चिम र कर्णालीका केही स्थान चुनावी अभियान गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषण तथा स्थानीयसंग खासै अन्तरक्रिया गर्नुभएन ।

दैलेखको दूल्लु पुग्नु भएका बालेनलाई एमाले नेता बिष्णु रिजालले सामाजिक संञ्जाल मार्फत मधेसमा जन्मेको, काठमाडौंमा हुर्केको र सामाजिक सञ्जालबाट नेता भएको मानिसलाई हाम्रा पाखा–पखेरामा पुग्दा रमाइलो नै लाग्यो होला भन्ने टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्न्नु भएको छ-

प्रिय बालेनजी,

आज दुल्लू पुग्नुभएछ । हतारमा हुनुहुँदोरहेछ । त्यस ऐतिहासिक स्थलका बारेमा स्थलगत जानकारी लिए जस्तो लागेन । तर पनि, मधेसमा जन्मेको, काठमाडौंमा हुर्केको र सामाजिक सञ्जालबाट नेता भएको मानिसलाई हाम्रा पाखा–पखेरामा पुग्दा रमाइलो नै लाग्यो होला ।

१. बहुदलीय व्यवस्था स्थापनायताका ३५ बर्षमा केही पनि भएन भन्ने भाष्य खडा गर्न खोजिएको छ । सबैतिर भ्रष्टाचार मात्रै भयो, तपाईंकै भाषामा ‘नयाँ–पुराना सबै नेता चोर हुन्‘ भनेर पढाउन खोजिएको छ । तर, तपाईं अछाम हुँदै दुल्लूसम्म जुन पिच बाटोमा आउनुभयो, त्यो मध्यपहाडी राजमार्गका नाममा यही बीचमा बनेको हो । अझ नेकपा (एमाले) को योजनामा त्यो बाटो बनेको हो । निकट बिगतमा पैतालाले नापेका ती बाटोमा यत्तिकै मोटर पुगेको होइन ।

२. केही समयअघिसम्म हामी अन्धकारमा थियौँ । धेरै परको त कुरा छाडिदिनूस्, मैले नै सुर्खेतबाट बोकेको मट्टितेलको टुकी बालेर पढेको हुँ । तपाईं आज साँझ दुल्लु पुग्दा विजुली बत्ती बलेको देख्नुभयो होला– त्यो अहिलेकै व्यवस्थाका कारण र यिनै दलहरुको सरकारका कारण सम्भव भएको हो ।

३. तपाईं दुल्लू हुँदै सुर्खेत झर्दा प्रयोग गरेको बाटो पनि पिच पाउनुभयो होला । अहिले दुल्लू–सुर्खेतको बाटोका लागि प्रशस्त विकल्प छन् । दुल्लू–चगत्रा–रावतकोट हुँदै चुप्रा निस्केर पनि आउन सकिन्छ । दुल्लूबाट बैंक हुँदै माथिल्लो डुंगेश्वर पनि झर्न सकिन्छ । दुल्लूबाट रिजु हुँदै तल्लो डुंगेश्वरबाट आए पनि हुन्छ । जानकारी राख्नूस्– यी सबै काम दलहरुकै सरकार र जनप्रतिनिधिले गरेका हुन् । केही समयअघिसम्म पनि हामी भारी बोकेर ती बाटोमा पैदल हिँड्थ्यौँ भन्दा तपाईं पत्याउनुहुन्छ कि हुन्न कुन्नि ?

४. दुल्लूमा क्याम्पस रहेको कृरा हतारमा थाहा पाउनुभएन होला । बैकमा कृषि क्याम्पस छ । तपाईंलाई हेर्न आउने युवाका हातहातमा मोबाइल देख्नुभयो होला । सञ्चार सम्पर्कबाट कोही पनि बाहिर छैन । यी सबै काम तपाईंले पुराना भन्ने गरेका दलहरुकै कारण सम्भव भएका हुन् ।

५. रावतकोटको बाटो प्रयोग गरेर दैलेख बजार पुगेको भए जलजलेमा केही भौतिक संरचना देख्नुहुन्थ्यो होला । ती र्सरचना पेट्रोलियम पदार्थको उत्खनन्का लागि केपी ओली प्रधानमन्त्री भएको बेला अघि बढाइएको कामका परिणाम हुन् । त्यहाँ ग्यास भएको आधिकारिक पुष्टि भइसकेको छ र चीनले थप अध्ययन गरिरहेको छ । यदि बीचैमा कसैले बिगारिदिएनन् भने यसबाट ग्यास उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने योजना छ ।

६. अझै राम्रो गर्छु भन्नूस्, जनतालाई सहमत गराउनूस् । लोकतन्त्रमा त्यो सुविधा तपाईंलाई पनि छ । तर, मानौँ– नेपाल राष्ट्रको उत्पत्ति नै तपाईं काठमाडौँको मेयर निर्वाचित भएको दिनबाट भएको हो र नेता भनेको बालेन साह मात्रै हो जस्तो भाष्य नबनाउनूस् । अरु सबै भ्रष्ट र असक्षम अनि महानगरको १५ प्रतिशत बजेट खर्च गर्न नसक्ने मेयर योग्य चाहिँ हुन सक्दैन ।

७. तपाईं युवा हुनुहुन्छ । जोश छ, केही गरौँ भन्ने हुटहुटी पनि होला । तर, सबैलाई खराव देखाएर आफू असल हुन चाहने अभ्यासलाई लोकतान्त्रिक मान्न सकिन्न । नेता भएपछि ताली मात्र होइन, गाली पनि खान सक्नुपर्छ ।

आरोपको जवाफ दिन पनि सक्नुपर्छ । रहस्यको पात्र बनेर युवाहरुलाई रुमल्ल्याउन खोज्नुलाई कदापि लोकतान्त्रिक मान्न सकिन्न । आउनूस्, एजेन्डामा बहस गरौँ । जनताले तपाईंका एजेन्डा मन पराएछन् र मत दिएछन् भने पनि यही व्यवस्थाका कारण त्यो सम्भव हुने हो । नत्र भने आम घृणा, उत्माद, अतिवाद र अतिरञ्जनाले क्षणिक सन्तुष्टी त देला तर राष्ट्रलाई राम्रो गर्दैन ।