१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता रायमाझीविरुद्ध पर्यो उजुरी, अकुत सम्पती कमाएको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै उजुरी दर्ता भएको छ । रायमाझीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अनामनगरका सौजन्य क्षेत्रीले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् ।

भोजपुरको सामान्य परिवारमा जन्मेका संसद रायमाझीले राजनीतिको आडमा करोडौ अकुत सम्पत्ति आर्जन गरेकाले छानविनको माग गरेर उजुरी दर्ता गराएको क्षेत्रीले बताए । रायमाझीले माघ ५ को राष्ट्रियसभा बैठकबाटै सरकारलाई ५० करोड रुपैयाँ बढी तिर्न तयार भएको भन्दै गोकर्ण रिसोर्ट लिज दिन माग माग गरेका थिए ।

‘राज्यको इज्जत र प्रतिष्ठा माथिनै आँच पुग्ने गरी माथिल्लो सदनबाटै सरकारको खिल्ली उडाएर ५० करोड सम्पत्तिको धाक लगाउनु जायज होइन,’ क्षेत्रीले भने, ‘उनको सम्पत्ति छानविन गरी राज्यकरण गर्नु पर्छ । सांसद रायमाझीले प्रसस्त सम्पत्ति कमाएको कुरा यस अघि नेपाली सञ्चार माध्यममा बारबार सार्वजनिक भई सकेको छ ।

कांग्रेस निकट स्रोतका अनुसार रायमाझीले तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का जिवित छँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरि व्यापारिक प्रतिष्ठानका व्यक्तिहरुलाई तर्साएर अकुत सम्पत्ति आर्जन गरेका छन् ।