१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता रायमाझीविरुद्ध पर्यो उजुरी, अकुत सम्पती कमाएको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै उजुरी दर्ता भएको छ । रायमाझीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अनामनगरका सौजन्य क्षेत्रीले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् ।

भोजपुरको सामान्य परिवारमा जन्मेका संसद रायमाझीले राजनीतिको आडमा करोडौ अकुत सम्पत्ति आर्जन गरेकाले छानविनको माग गरेर उजुरी दर्ता गराएको क्षेत्रीले बताए । रायमाझीले माघ ५ को राष्ट्रियसभा बैठकबाटै सरकारलाई ५० करोड रुपैयाँ बढी तिर्न तयार भएको भन्दै गोकर्ण रिसोर्ट लिज दिन माग माग गरेका थिए ।

‘राज्यको इज्जत र प्रतिष्ठा माथिनै आँच पुग्ने गरी माथिल्लो सदनबाटै सरकारको खिल्ली उडाएर ५० करोड सम्पत्तिको धाक लगाउनु जायज होइन,’ क्षेत्रीले भने, ‘उनको सम्पत्ति छानविन गरी राज्यकरण गर्नु पर्छ । सांसद रायमाझीले प्रसस्त सम्पत्ति कमाएको कुरा यस अघि नेपाली सञ्चार माध्यममा बारबार सार्वजनिक भई सकेको छ ।

कांग्रेस निकट स्रोतका अनुसार रायमाझीले तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का जिवित छँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरि व्यापारिक प्रतिष्ठानका व्यक्तिहरुलाई तर्साएर अकुत सम्पत्ति आर्जन गरेका छन् ।