५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

नेपाल–चीन सम्झौता: अवैधरूपमा प्रवेश गर्ने नागरिकलाई सात दिनभित्र बुझाउनुपर्ने

नेपाल–चीन सम्झौता: अवैधरूपमा प्रवेश गर्ने नागरिकलाई  सात दिनभित्र बुझाउनुपर्ने
अ+ अ-

काठमाडौं । नेपाल र चीनबीच अवैधरूपमा प्रवेश गर्ने नागरिकलाई सात दिनभित्र फिर्ता पठाउनुपर्ने सम्झौता भएको छ । एक अर्काको देशमा अवैधरूपमा प्रवेश गर्ने त्यस्ता नागरिकलाई थुनामा राखेको सात दिनभित्र फिर्ता पठाउनुपर्ने सम्झौता भएको खुलेको हो । चिनियाँ राष्ट्रपति सि जिनफिङ नेपाल आएको वेला भएको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा बिनाकागजात एकअर्काको देश प्रवेश गर्नेहरूलाई हिरासतमा राखेको सात दिनभित्र हस्तान्तरण गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । परराष्ट्र मन्त्रालयले ‘सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता’ प्रतिनिधिसभामा दर्ता गराएपछि उक्त प्रावधान सार्वजनिक भएको हो ।

‘दुवै पक्षका सीमा प्रतिनिधि र सक्षम निकायहरूले गैरकानुनीरूपमा सीमा पार गर्न खोजेका व्यक्तिको सम्बन्धमा अनुसन्धान गर्नेछन्, तिनीहरूको पहिचान, तथ्य र कारण यथासम्भव चाँडो यकिन गर्नेछन् र हिरासतमा राखेको सात दिनभित्र निजलाई सीमा पार गर्नुभन्दा अगाडि बसेको अर्को पक्षतर्फ हस्तान्तरण गर्नेछन्’, उक्त सम्झौताको धारा २६ को २ मा लेखिएको छ, ‘त्यस्ता व्यक्ति निर्धारित समयमा हस्तान्तरण गर्न वा प्राप्त गर्न नसकिएमा अर्को पक्षका सीमा प्रतिनिधि र सक्षम निकायहरूलाई तिनीहरूको बारेमा र सोको कारण बारेमा जानकारी दिइनेछ ।’

उक्त सम्झौतामा दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताले सीमांकन र त्यससम्बन्धी स्तम्भहरूको व्यवस्थापन र सीमा क्षेत्रमा हुन सक्ने अपराधबाहेक जलस्रोत र पूर्वाधारजस्ता विषय पनि समेटेको छ । संसद्मा पेश गरिएको लिखित दस्तावेजमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त सम्झौताको उद्देश्य सीमा क्षेत्रलाई स्थायी शान्ति र दिगो मित्रताको क्षेत्र निर्माण गर्ने रहेको बताएका छन् । विशेषगरी यो सम्झौताले नेपाल प्रवेश गर्ने तिब्बती शरणार्थी बढी प्रभावित हुने देखिएको छ । चीनबाट विनाकागजतपत्र प्रवेश गरेका शरणार्थीलाई नेपालले फिर्ता पठाउनै पर्ने बाध्यता हुनेछ ।

नेपालले अहिलेसम्म आएका शरणार्थीलाई तेस्रो मुलुक जान बाटो खुला गर्दै आएको थियो । अन्य मुलुकका शरणार्थीलाई यो लागु नहुने भएपनि चीनबाट आएका शरणार्थीलाई भने नेपालले चीन नै फिर्ता पठाउने छ । नेपाल र चीनबीच तिब्बतसँग जोडिएको १,४१४ किलोमिटर लामो सीमाबाट अहिलेसम्म नेपालमा करिब २० हजार तिब्बती शरणार्थी आएको तंथ्याक रहेको छ । सम्झौतामा दुवै देशले आफ्नो घरेलु कानुन र दुवै देश पक्ष भएको अन्तर्राष्ट्रिय सन्धिअनुसार बिनाकागजात सीमा पार गर्ने मानिसहरूलाई निष्पक्ष र मानवीय रूपमा सहयोग गर्ने पनि उल्लेख गरेका छन् ।

चीन शरणार्थीसम्बन्धी राष्ट्रसंघीय महासन्धिको हस्ताक्षरकर्ता भए पनि नेपाल उक्त सन्धिको पक्ष राष्ट्र भइसकेको छैन । सम्झौतामा दुई देशबीच देखिने सिमा विवाद शक्तिशाली सीमा आयोगबाट समाधान खोज्ने उल्लेख छ । त्यसका लागि आयोग गठनको प्रस्ताव गरिएको छ । नेपाल र चीनबीच सन् १९६० मा सीमा सम्झौता भएको र त्यसका आधारमा सन् १९६३ मा सम्पूर्ण भूभागको सीमांकन तथा सीमास्तम्भ रहने स्थान निर्धारण गरिएको संसद्मा पेश गरिएको लिखित धारणामा परराष्ट्रमन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।

दश वर्षको अवधि तोकिएको पछिल्लो सम्झौताले नेपाल र चीन सीमा संयुक्त आयोग गठन गर्ने प्रतिबद्धता जनाएको छ । संयुक्त आयोगलाई सीमा संकेतको मर्मतबाहेक सीमा क्षेत्रका जलस्रोतसम्बन्धी परियोजना र कार्यक्रम स्वीकृत तथा सुपरिवेक्षण गर्ने समेत अधिकार दिइएको छ । त्यसबाहेक सीमापार सुविधा भनेर परिभाषा गरिएका रेलमार्ग, राजमार्ग, तेल वा ग्यासको पाइपलाइन, विद्युत प्रसारणलाइन, पुल, बाँधजस्ता संरचनासम्बन्धी परियोजना स्वीकृत गर्ने र सुपरिवेक्षण गर्ने जिम्मेवारी दिइएको छ ।

चालिस पृष्ठको सम्झौता ४२ धारामा दुवै पक्षले सीमामा हुनसक्ने अवैध प्रवेश प्रस्थान, तथा नराम्रा गतिविधि नियन्त्रण तथा सीमापार अपराध नियन्त्रण गर्न संयुक्त रूपमा सीमामा गस्ती गर्न सक्ने व्यवस्था छ । सम्झौतामा दुवै देशले समानता र आपसी लाभको सिद्धान्तका आधारमा अर्को पक्षलाई असर नपुग्ने गरि सीमापार जलस्रोतको उपयोग र संरक्षण गर्ने उल्लेख गरिएको छ । जलस्रोतको प्रयोग गर्दा पर्यावरणीय उपायहरू पनि अपनाउनुपर्ने विषय पनि सम्झौतामा समेटिएको छ । सीमारेखा वरपर कृषि, उद्योग, वन तथा खानी स्थापना गर्दा अर्को देशको हितलाई असर पुर्याउन नहुने प्रावधान पनि सम्झौतामा छ ।

दुवै देशले आफ्ना तर्फबाट सम्झौता कार्यान्वयनका लागि आन्तरिक कार्यविधि पूरा गरेको जानकारी कूटनीतिक माध्यमबाट दिएको अर्को महिनाको पहिलो दिनबाटै यो सम्झौता कार्यान्वयनमा आउने सम्झौतामा उल्लेख छ । सम्झौता समाप्त हुनुभन्दा छ महिनाअघि कुनै एक पक्षले लिखितरूपमा त्यसलाई समाप्त पार्न अनुरोध नगरे त्यसको म्याद स्वतः अर्को १० वर्ष नवीकरण हुने अन्तिम धारामा उल्लेख छ । सौर्य दैनिकबाट