१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ट्राफिक व्यवस्थापनको नयाँ नियम: ९ बजेभित्र स्कुल बस कम्पाउण्डभित्र छिरिसक्नुपर्ने

ट्राफिक व्यवस्थापनको नयाँ नियम: ९ बजेभित्र स्कुल बस कम्पाउण्डभित्र छिरिसक्नुपर्ने
अ अ+ अ-

काठमाडौं । सरकारले स्कुल बसहरुलाई बिहान नौं बजेभित्र अनिवार्य रुपमा स्कुल कम्पाउण्डभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । गत १ माघदेखि नै लागू हुने गरी सरकारले यस्तो नियम बनाउन खोजे पनि सरोकारवालाहरुसँगको सुझाव अनुसार केही समयपछि मात्र यस्तो नियम लगाउनेमा सरकार पुगेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न भन्दै ३७ बुँदे कार्ययोजना पारित गरेको थियो । गत १५ पुसमा बसेको मन्त्रीपरिषद बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित भएको हो ।

उक्त कार्ययोजनाको १४ नम्बरमा स्कुल बसहरु बिहान नौं बजेसम्म अनिवार्य रुपमा स्कुलको कम्पाउण्डभित्र प्रवेश गरिसक्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा तोकेको थियो । सरोकारवाला संघ संस्था तथा निकायले तत्काल यस्तो नियम लागू गर्न कठिन हुने जनाएपछि सरकार तत्कालका लागि पछि हटेको छ । सरकारले आगामी शैक्षिक सत्रदेखि भने यो नियम लागू गर्न लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले नौं बजेभित्र बसहरु विद्यालय कम्पाउण्डभित्र छिराईसक्ने व्यवस्था गर्न सबै सकरात्मक भएको भन्दै तयारी भइरहेको जनाए ।

‘यसमा सबैको सहमति छ, अब केही महिनापछि यो नियम लागू हुन्छ,’ उनले भने । स्कुल बसहरु बिहान ९ देखि १० बजेपछि पनि सञ्चालन हुँदै आएका छन् । ‘पिक आवर’ मा स्कुल बस सञ्चालन हुँदा उपत्यकाको ट्राफिक जाम झनै थपिन पुगेको आरोप लाग्ने गरेको छ । निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) ले नौं बजेभित्र बसहरु स्कुल कम्पाउण्डभित्र छिराउन आफूहरु सहमत भए पनि तत्काल सम्भव नहुने जनाएको छ । प्याब्सनका सह–अध्यक्ष डिके ढुंगानाले आगामी सत्रदेखि यस्तो नियम लगाउने बताए ।

‘अहिले शैक्षिक सत्रको सबैभन्दा व्यस्त समय चलिरहेको छ, आगामी शैक्षिक सत्रदेखि यो नियम लगाउन सकिन्छ,’ सहअध्यक्ष ढुंगानाले भने । सहअध्यक्ष ढुंगानाले अहिले नै नियम लगााउन सकिने भए पनि टिफिन समय, क्यान्टिन समय लगायत तालिका नै प्रभावित हुने भएकाले आगामी शैक्षिक सत्रदेखि लगाउन सकिने बताए । उनले अहिले चक्रपथ भित्र प्राय जसो ९ बजेभित्र नै बसहरु स्कुल कम्पाउण्डभित्र छिरिसक्ने अभ्यास रहँदै आएको समेत जनाए । राजधानी दैनिकबाट