१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी



अ+ अ-

काठमाडौँ। राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम(एनआरटी) विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा  एनआरटीले आफ्नो पाँचौँ खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक÷एक गोल गरे । एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त ग¥यो । एक गोलले पछाडि परेका अवस्थामा कृष्णबहादुर आलेले सङ्कटालाई खेलमा फर्काएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र एनआरटी विजयी भयो ।

जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली–नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीसँग बराबरी अङ्क बनाएको छ । एनआरटी, नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीको समान १२ अङ्क भएको छ । सङ्कटाको पाँच अङ्क छ ।  रासस