१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासियाद्वारा नेपाल पुनःनिर्माण कोषमा करिब ९ लाख सहयोग



अ+ अ-

काठमाडौँ। अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनःनिर्माण कोषका लागि करिब ९ लाख रुपैयाँ बराबर सहयोग गरेको छ।

नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई ६१२८ अमेरिकी डलरबराबरको चेक हस्तान्तरण गर्नुभयो ।

उहाँले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनर्स्थापनाका लागि यो रकम संकलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री कार्कीले विदेशमा बसेर खाई-नखाई जम्मा गरेको रकम पुनर्निर्माण कोषका लागि उपलब्ध गराउनुभएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले नेपालमा अफ्ठ्यारो पर्दा विदेशमा बस्ने नेपालीहरुले गर्दै आएको सहयोगको सह्राहना पनि गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘जब यहाँ हामी समस्यामा हुन्छौँ, कुनै विपद् वा महामारी हुन्छ, तपाईँहरु विदेशमा बसेर यहाँको चिन्ता गर्नुहुन्छ ।

खाई-नखाई रकम जग्मा गरेर सहयोग गर्नुहुन्छ । यही हो नेपालीपन भनेको । आखिर आफ्नो देश आफ्नै हुन्छ ।’