४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल

पर्यटनमा निजी क्षेत्रको लगानी आवश्यक : नेता पौडेल
अ+ अ-

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमख देवेन्द्र पौडेलले पर्यटनको क्षेत्रमा निजी क्षेत्र आकर्षित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पोखरा आउने पर्यटकलाई बागलुङ्मा आकर्षण गर्न पोखराको लेकसाइटमा आज आयोजना गरिएका सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सदस्यसमेत रहनुभएका उहाँले बागलुङमा धेरै पयटकीय गन्तव्य भए पनि आवश्यक लगानीकर्ताको अभावमा पर्यटन विकासको वातावरण नबनेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो ।

“पर्यटनमैत्री होटल तथा व्यवसाय बनाउनका लागि बागलुङका पर्यटन व्यवसायी इच्छुक छन्”, पौडेलले भन्नुभयो, “बागलुङमा पर्यटकीय गतिविधि बढाउन पोखराका पर्यटन व्यवसायीले सहयोग गर्नुहोस ।” बागलुङ पर्यटन विकास समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुराँ व्यवसायी सङ्घको पहलमा बागलुङ र पोखराबीच पर्यटनमा सहकार्य गर्न पहिलोपटक संस्थागतरुपमै पहल थालिएको छ ।

सोअन्तर्गत बागलुङका पर्यटन व्यवसायी बुधबारदेखि पोखरामा छन् । पोखराका होटल तथा अन्य पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन र सहकार्य गरी पर्यटकीय गतिविधि बढाउनका लागि पर्यटकीय राजधानी पोखरा आएका बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्छ”, पोखराका पर्यटन व्यवसायी वासु त्रिपाटीले भन्नुभयो, “पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्नेछ ।”

पर्यटकलाई खुशी पार्ने भनेको होटलको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कारमा ध्यान पुर्याउने भएका कारण पोखरामा चलेका होटलको अवलोकनसमेत गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताउनुभयो ।