२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ



अ+ अ-

काठमाडौँ ।  ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । 

यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं । 

सामग्री 

–दुई चम्चा ताजा एलोभेरा जेल

–एक गिलास पानी

कसरी प्रयोग गर्ने ?

–एलोभेरा जेललाई पानीमा राम्रोसँग मिसाएर पिउने ।

कतिपटक प्रयोग गर्ने ?

– तपाई दिनभरमा एक देखि दुई गिलास पिउन सक्नुहुन्छ । 

कसरी फाइदा पुर्याउँछ ? 

– पेटमा ग्यास भरिने गर्दा जलन हुन्छ, यसलाई समाधान गर्न सबैभन्दा उत्तम उपाय एलोभेरा जेल रहेको छ । एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण रहेको हुन्छ । जसले पेटमा हुने ग्यास भरिएर पेट पोल्नबाट बचाउँछ । यसका साथै यसले एन्टीसेप्टीक एजेन्टी पनि रहेको छ, जसको काम संक्रमण फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ । ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एकपटक यो उपाय अवश्य प्रयोग गर्नुहोला ।