१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ



अ+ अ-

काठमाडौँ ।  ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । 

यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं । 

सामग्री 

–दुई चम्चा ताजा एलोभेरा जेल

–एक गिलास पानी

कसरी प्रयोग गर्ने ?

–एलोभेरा जेललाई पानीमा राम्रोसँग मिसाएर पिउने ।

कतिपटक प्रयोग गर्ने ?

– तपाई दिनभरमा एक देखि दुई गिलास पिउन सक्नुहुन्छ । 

कसरी फाइदा पुर्याउँछ ? 

– पेटमा ग्यास भरिने गर्दा जलन हुन्छ, यसलाई समाधान गर्न सबैभन्दा उत्तम उपाय एलोभेरा जेल रहेको छ । एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण रहेको हुन्छ । जसले पेटमा हुने ग्यास भरिएर पेट पोल्नबाट बचाउँछ । यसका साथै यसले एन्टीसेप्टीक एजेन्टी पनि रहेको छ, जसको काम संक्रमण फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ । ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एकपटक यो उपाय अवश्य प्रयोग गर्नुहोला ।