१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर



अ+ अ-

मनाङ। हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ ।

हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने हिमपातले सेताम्मे देखिएको छ । यसअघि गत कात्तिक १० र ११ गते हिमपात भएको थियो ।

मङ्सिर र पुस महिनामा हिउँ परेन । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ अहिले हिउँले ढाकिएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका घ्याम्चो गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनाङका गाउँतिर करिब एक फिटभन्दा बढी हिउँ परेको छ । यसले किसान भएका छन् । हिउँ परेपछि यहाँको उत्पादन बढ्ने हो । हिउँ पर्दा जनजीवन केही दिन भने कष्टकर हुन्छ ।”

हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन मुस्किल भएको छ । पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भइरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यतर्फ जानबाट रोकिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले माथिल्लो मनाङ (मनाङ ङिस्याङ) गाउँपालिकामा गए रातिदेखि हिमपात भइरहेको जानकारी दिनुभयो । सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ । “तल्लो मनाङ (नासों गाउँपालिका) को अधिकांश ठाउँमा पानी परिरहेको छ ।

मौसम बदली भइरहेको छ । नार्पाभूमितिर गोठाला १०÷१२ जनाबाहेक नभएको सूचना पाएका छौँ”, प्रजिअ पौड्यालले भन्नुभयो, “तर, मौसम बदली तथा हिमपात र उक्त भूगोलमा सञ्चारको पहुँच पनि कम हुँदा त्यता कसैसँग सम्पर्क भएको छैन, सायद हिमपातले केही कठिनाइ भएको हुनसक्छ ।”

माथिल्लो मनाङमा दुई फिटसम्म हिउँ परेको जानकारी प्राप्त भएको उहाँको भनाइ छ । यतिबेला परेको हिउँ पछिसम्म रहने र सिँचाइको काम गर्ने भएकाले किसान भने खुसी देखिएका हुन् । रासस