१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमोको चुनावी घोषणापत्रः विकेन्द्रित र सन्तुलित विकास नीतिमा जोड



अ+ अ-

लुम्बिनी। राष्ट्रिय जनमोर्चाले नेपालको क्षेत्रीय सन्तुलनसहितको विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति अपनाउनुपर्नेमा जोड दिएको छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले आज चुनावी घोषणापत्रमा सार्वजनिक गर्दै विकासका दृष्टिकोणले पछाडी परेका जिल्ला र दुर्गमस्थानको विकासमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो ।

राजमोले देशको दीगो विकासमा भ्रष्टाचार सबैभन्दा गम्भीर समस्याका रूपमा रहेको निष्कर्ष निकालेको छ । त्यसका लागि उच्चस्तरीय शक्तिशाली आयोगको गठन गरेर सबै तहका भ्रष्टाचारको छानबिन र कारबाही गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

देशको सर्वाङ्गीण विकासको प्रमुख आधार पर्यटन क्षेत्रको ठूलो महत्व रहेकाले पर्यटन क्षेत्रको विकासको सम्भावना बोकेका जिल्ला र स्थानको अध्ययन, अनुसन्धान गरी ती क्षेत्रको गुरुयोजना बनाएर काम अघि बढाउनुपर्ने जनाएको छ ।

लुम्बिनी, कपिलवस्तुको तिलौराकोट ऐतिहासिक महत्वका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्राचीन वा बौद्ध पुरातात्विक अवशेष, भग्नावशेषलाई मिलाएर बौद्ध पुरातात्विक सहरको निर्वाण गरिनुपर्नेमा घोषणापत्रमा जोड दिइएको छ ।

त्यसैडगरी घोषणपत्रमा यातायातको विकास, पर्यावरणको संरक्षण, सहकारी, कृषि, उद्योग, जलस्रोत, विदेश नीति, राष्ट्रियता, रोजगारी, मजदुरका हकअधिकार, पुनःस्थापना, स्वास्थ्य, खेलकुद, शिक्षा सामाजिक सुरक्षा, ज्येष्ठ नागरिकको संरक्षण र अधिकारलगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

घोषणपत्र सार्वजनिक कार्यक्रममा राजमोका अध्यक्ष चित्रबहादुर केसीले अहिले राष्ट्र, राष्ट्रियता र जनता अप्ठ्यारो अवस्थामा रहेकाले आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताले विगतका गल्ती कमजोरीबाट पाठ सिकेर सही पार्टी र उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताउनुभयो । रासस