१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार



अ+ अ-

बागलुङ। हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि अलपत्र परेका यात्रुको उद्धार गरिएको छ ।

गए राति ४ बजेदेखि परेको हिमपातका कारण बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा अलपत्र परेका ५० जना यात्रुको उद्धार गरिएको हो ।

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पु¥याएर गन्तव्यमा पठाइने प्रजिअ परियारले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र जेसिबीको सहयताले केही ठाउँको हिउँ हटाएर यात्रुको उद्धार गरिएको उहाँको भनाइ छ ।

पातीहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा तत्काल गाडी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रजिअ परियारले बताउनुभयो । बागलुङ प्रशासन र काठमाडौँ प्रशासनसँग समन्वय गरी केही दिन यो सडकखण्डमा यातायात सञ्चालन नगर्न आग्रह गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यात्रु अलपत्र परेको खबर पाउनासाथ बिहानैदेखि जिल्ला सुरक्षा समितिको टिमनै फिल्डमा आयौँ र अलपत्र परेका यात्रुको उद्धार गरेका छौँ, पातीहाल्ने क्षेत्रमा बाक्लो हिमपात छ, यहाँ अहिले सडक खुलाउन सक्ने अवस्था छैन, पूर्वी रुकुमबाट काठमाडौँ चल्ने यातायातलाई हामीहरूले उतै रोक्छौँ, बागलुङ तर्फबाट पनि गाडी चल्न नदिनका लागि प्रशासनसँग समन्वय गरेका छौँ ।”

हिउँ नपग्लिदासम्म रुकुम हुँदै काठमाडौँ, पोखरा जाने सवारी साधानले फरक रुटको प्रयोग गर्नुपर्नेछ । बागलुङ खण्डमा पनि दुई फिटभन्दा बढी हिउँ परेको हुँदा यात्रा गर्न नसकिने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो । सडक खुलाउन निसीखोला गाउँपालिकासँग समन्वय भइरहेको उहाँको भनाइ छ । रासस