९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील
अ अ+ अ-

महेन्द्रनगर । सुरक्षाका दृष्टिकोणले सुदूरपश्चिम प्रदेशका ४८१ मतदानस्थललाई अतिसंवेदनशील रूपमा वर्गीकरण गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले यहाँका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा तराईका साथै कैलालीमा पाँच र कञ्चनपुरमा तीन गरी आठ वटा निर्वाचन क्षेत्र छन् भने बाँकी आठ निर्वाचन क्षेत्र सुदूरपश्चिमका सात पहाडी जिल्लामा रहेका छन् । पहाडी जिल्ला अछाममा दुई वटा क्षेत्र छन् भने बाँकी छ पहाडी जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन लक्षित सुरक्षा रणनीति बनाएर सुरक्षा निकाय सक्रियताका साथ अघि बढेका छन् । प्रदेशमा प्रदेशस्तर र जिल्लामा जिल्ला तहका सुरक्षा समितिहरुले काम गरिरहेका छन् । एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थल मानिएका छन् भने यहाँ दुई हजार १९९ मतदान केन्द्र रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुदूरपश्चिमको ठूलो जिल्ला कैलाली हो । यहाँका १०८ मदानस्थल अतिसंवेदनशील मानिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । “अतिसंवेदनशीन मतदानस्थलमा सोही अनुसार सुरक्षा प्रबन्ध बढाइन्छ”, उहाँले भन्नुभयो, “हामीले जिल्लाका सबै निर्वाचन क्षेत्रको सुरक्षामा योजनासहित अघि बढेका छौँ ।”

कञ्चनपुरका १३२ मतदानस्थलमध्ये ६६ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कूल ७७ मतदानस्थल रहेको सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा ६२ मतदानस्थल अतिसंवेदनशील स्थलको सूचीमा राखिएको छ ।

सुदूरपश्चिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र सुरक्षाको बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने छ । यहाँ नेपाल प्रहरी मात्रै सात हजारभन्दा बढी परिचालन हुने प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । स्वतन्त्र र राजनीतिक दलका गरी यहाँ १६ वटा प्रतिनिधिसभा सदस्यका लागि २०६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।