काठमाडौै । आर्थिक अनियमिततताको आरोपमा नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका निलम्बित प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई लाई बयानका लागि बोलाएको छ ।
आयोगले त्रिभुवन विश्वविद्यालयसँग जिआईएस अध्ययनका लागि गरेको सम्झौता, बेलायतमा डब्लुटीएममा नियमविपरीत गएको, सचिवालय मर्मतमा गरेको आर्थिक अनियमिततालगायतका मुद्दामा बारेमा बुझ्न बोलाएको हो ।
बेलायतमा आयोजित एक सम्मेलनबाट स्वदशे फर्कने क्रममा अन्तराष्ट्रिय बिमानस्थलमा तोकिएको समिा भन्दा धेरै मदिरा ल्याएको भन्दै बिवादमा परेका रेगमी माथी अनुसन्धान गर्न पर्यटन मन्त्रालयले एक छानबिन समितिले छानबिन गरिरहेका बेला अख्तियारले पनि अनुसन्धान सुरु गरेको हो । रेग्मीलाई आयोगले काटेको पत्र पुस ११ गते नेपाल पर्यटन बोर्डमा पुगेको छ ।