५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुदैन : मन्त्री दुगड



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

‘नेपाली उत्पादनहरुको विक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘उद्यमी व्यवसायीहरु जवसम्म समृद्ध हुन सक्दैनन्, जवसम्म उनीहरु सुखि हुँदैनन, जव उनिहरुलाई आफ्नो काम प्रति सन्तोश हुँदैन तवसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन प¥यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुन पर्यो अनिमात्रै देश समृद्ध हुन्छ ।’ उहाँले आफु उद्यमी समेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताउनुभयो । त्यसका लागि मन्त्रालयमा एकद्धार प्रणालीमार्फत काम भइरहेको उहाँले बताउनुभयो । उहाँले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गर्नुभयो । उहाँले महिला उद्यमीहरुका लागि छुट्टै व्यवास्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो सानो कृषि गरेर देश समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पाँचवटा बाख्रा पालेर मुलुकको समृद्धि हुनेवाला छैन्, २ वटा भैंसि पालेर मुलुकको समृद्धि हुने वाला छैन् ।’ उहाँले उद्यमी व्यवसायीहरुले कृषिमा लगानी गर्ने भन्दै सरकारी अनुदानको कर्जा तथा पुर्नकर्जा लगेर खेत किन्ने केही समय धान लगाउने र पाँच दश वर्षमा डबलमा विक्री गर्ने प्रवृतिले पनि देश समृद्ध हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले हामीले के गरिराखेका छौं बैंकबाट ठुलो ठुलो कर्जा रिफाइनान्स दिइरहेका छौं अनि व्यापारिहरुले के गरिरहनुहुन्छ म कृषि गर्छु भनेर जग्गा किन्नुहुन्छ ५ विगाहा, १० विगाहा, २०विगाहा, ४० विगाहा, ५० विगाहा, १०० विगाहा, २०० विगाहा जग्गा किनेर राखि छोडनुहुन्छ धान रोपेको छ त्यसरी कृषिमा परिवर्तन आउने वाला छैन त्यहाँ आधुनिक खेति हुनुप¥यो उन्नत खेति हुनुप¥यो उन्नत जातको बिउ बिजन हुनुप¥यो त्यो कुराहरु हामीले गर्न सकिरहेका छैनौं अनि खेत किनेर राख्नुहुन्छ ५ वर्षपछि १० वर्षपछि डबल दाममा बेचेर मालामाल कमाइ हाल्नुहुन्छ ।’

डेपुटी गभर्नर शिवाकोटीले उद्यमशिलता विकासमा महिलाहरुको योगदान बढी होस भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएकाले त्यसको फाइदा लिन आग्रह गर्नुभयो । उहाँले बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरुलाई सहज कर्जा उपलब्ध गराउने नीति लिएपनि बैंकहरुले कर्जा नदिएको बताउनुभयो । उहाँले महासंघले महिलाहरुलाई सहज होस भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको चार महिना हुँदा समेत कर्जा नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले राष्ट्रिय वाणिज्य बैंकसँग एमओयु गरेका छौं र महिला दिदि बहिनीहरुलाई नै हुने गरी महिला दिदि बहिनीहरुलाई लक्षित गरेर हामीले एमओयु ग¥यौं, एमओयु गरेको चार महिना भइसक्यो तर ४० वटा फाइल अगाडी बढन सकेको छैन उहाँले एक वटा फाइलको काम अगाडी बढेको छ तर बैंकले अझै चासो देखाएको छैन् ।’ उहाँले भन्नुभयो ‘अस्ति एउटा फाइल तयार भएर बसेको छ तर राष्ट्रिय वाणिज्य बैंकले कतिवटा जुत्ता फाटने हो काम गर्ने ठेगान छैन् ।’

कार्यक्रममा महिलाहरुको उद्यमशिलता विकासमा सरकारले अझबढी कार्यक्रमहरु लयाउनु पर्नेमा जोड दिइएको थियो । त्यस्तै बैंकहरुबाट सहज रुपमा कर्जा उपलब्ध गराउनेदेखि बजारीकरणमा मन्त्रालयले सहयोग गर्नुपर्नेमा उद्यमीहरुले जोड दिएका थिए ।