४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुदैन : मन्त्री दुगड

व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुदैन : मन्त्री दुगड
अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

‘नेपाली उत्पादनहरुको विक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘उद्यमी व्यवसायीहरु जवसम्म समृद्ध हुन सक्दैनन्, जवसम्म उनीहरु सुखि हुँदैनन, जव उनिहरुलाई आफ्नो काम प्रति सन्तोश हुँदैन तवसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन प¥यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुन पर्यो अनिमात्रै देश समृद्ध हुन्छ ।’ उहाँले आफु उद्यमी समेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताउनुभयो । त्यसका लागि मन्त्रालयमा एकद्धार प्रणालीमार्फत काम भइरहेको उहाँले बताउनुभयो । उहाँले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गर्नुभयो । उहाँले महिला उद्यमीहरुका लागि छुट्टै व्यवास्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो सानो कृषि गरेर देश समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पाँचवटा बाख्रा पालेर मुलुकको समृद्धि हुनेवाला छैन्, २ वटा भैंसि पालेर मुलुकको समृद्धि हुने वाला छैन् ।’ उहाँले उद्यमी व्यवसायीहरुले कृषिमा लगानी गर्ने भन्दै सरकारी अनुदानको कर्जा तथा पुर्नकर्जा लगेर खेत किन्ने केही समय धान लगाउने र पाँच दश वर्षमा डबलमा विक्री गर्ने प्रवृतिले पनि देश समृद्ध हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले हामीले के गरिराखेका छौं बैंकबाट ठुलो ठुलो कर्जा रिफाइनान्स दिइरहेका छौं अनि व्यापारिहरुले के गरिरहनुहुन्छ म कृषि गर्छु भनेर जग्गा किन्नुहुन्छ ५ विगाहा, १० विगाहा, २०विगाहा, ४० विगाहा, ५० विगाहा, १०० विगाहा, २०० विगाहा जग्गा किनेर राखि छोडनुहुन्छ धान रोपेको छ त्यसरी कृषिमा परिवर्तन आउने वाला छैन त्यहाँ आधुनिक खेति हुनुप¥यो उन्नत खेति हुनुप¥यो उन्नत जातको बिउ बिजन हुनुप¥यो त्यो कुराहरु हामीले गर्न सकिरहेका छैनौं अनि खेत किनेर राख्नुहुन्छ ५ वर्षपछि १० वर्षपछि डबल दाममा बेचेर मालामाल कमाइ हाल्नुहुन्छ ।’

डेपुटी गभर्नर शिवाकोटीले उद्यमशिलता विकासमा महिलाहरुको योगदान बढी होस भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएकाले त्यसको फाइदा लिन आग्रह गर्नुभयो । उहाँले बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरुलाई सहज कर्जा उपलब्ध गराउने नीति लिएपनि बैंकहरुले कर्जा नदिएको बताउनुभयो । उहाँले महासंघले महिलाहरुलाई सहज होस भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको चार महिना हुँदा समेत कर्जा नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले राष्ट्रिय वाणिज्य बैंकसँग एमओयु गरेका छौं र महिला दिदि बहिनीहरुलाई नै हुने गरी महिला दिदि बहिनीहरुलाई लक्षित गरेर हामीले एमओयु ग¥यौं, एमओयु गरेको चार महिना भइसक्यो तर ४० वटा फाइल अगाडी बढन सकेको छैन उहाँले एक वटा फाइलको काम अगाडी बढेको छ तर बैंकले अझै चासो देखाएको छैन् ।’ उहाँले भन्नुभयो ‘अस्ति एउटा फाइल तयार भएर बसेको छ तर राष्ट्रिय वाणिज्य बैंकले कतिवटा जुत्ता फाटने हो काम गर्ने ठेगान छैन् ।’

कार्यक्रममा महिलाहरुको उद्यमशिलता विकासमा सरकारले अझबढी कार्यक्रमहरु लयाउनु पर्नेमा जोड दिइएको थियो । त्यस्तै बैंकहरुबाट सहज रुपमा कर्जा उपलब्ध गराउनेदेखि बजारीकरणमा मन्त्रालयले सहयोग गर्नुपर्नेमा उद्यमीहरुले जोड दिएका थिए ।