४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काँग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङ्ग्यः शीतकालको कोईली झैँ मौन भएर बसेको छ

काँग्रेस सांसद मिश्रको सर्वोच्चप्रति व्यङ्ग्यः शीतकालको कोईली झैँ मौन भएर बसेको छ
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले जेनजी आन्दोलनपछिको सरकार गठन र प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतको मौनताप्रति आलोचना गर्नुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले अदालत ‘शीतकालीन कोइली’ जस्तै मौन बसेको टिप्पणी गर्नुभएको हो ।

हाल देशमा संविधान छ कि छैन भन्ने अन्यौल नै रहेको उहाँले बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरू भएपनि उनीहरुलाई संविधानले उनीहरुलाई पहिचान गर्न नसकेको उल्लेख गर्नुभयो । सांसद मिश्रले संविधानको व्याख्या र स्पष्टता दिने जिम्मेवारी सर्वोच्च अदालत मौन बसेको उल्लेख गर्नुहुँदै अदालतको न्यायिक सक्रियतामाथि प्रश्न उठाउनु भयो । उहाँले जेन–जी आन्दोलनका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उल्लेख गर्नुभयो । जातीयता र क्षेत्रीयताको आधारमा राजनीति गर्ने प्रवृत्तिलाई अन्त्य गरी युवाहरूमा कर्तव्यवोध बढेको देखिएको उहाँले बताउनु भयो । तर आन्दोलनका क्रममा तोडफोड र आगजानीलाई वैधानिक र वैचारिक संघर्षको विकल्पका रूपमा स्थापित गर्ने गलत परम्पराको विकास हुनसक्नेप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सांसद मिश्रले राज्य सञ्चालन गर्नेहरूले सिंहदरबार, अदालत लगायका सार्वजानिक सम्पतिमाथी आगजानी गर्ने वास्तविक दोषी पहिचान गर्न नसकेको बताउनु भयो । सरकारले गठन गरेको छानविन आयोगप्रति समेत उहाँले प्रश्न उठाउनु भयो । दोषिलाई कारबाही गर्न भन्दा प्रमाण नष्ट गर्न आयोग गठन गरिएको हो भन्ने आशंका उत्पन्न भएको उहाँको भनाई ।

उहाँले भन्नुभयो, ‘संविधान छैन भनौँ हामी बोलिरहेका छौँ, राष्ट्रिय सभा जिवितै छ । अझ यसको निरन्तरताको लागि निर्वाचन समेत भएर नयाँ सांसदहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुलाई पनि बधाइ छ । प्रदेश र स्थानिय तहहरु काम गरिरहेका छन् । संविधान छ भनौँ, कसरी भनौँ । प्रधानमन्त्री र मन्त्रीहरु त छन्, तर संविधानले पहिचान गर्न सकेको छैन । छ कि छैन म कानुनको ज्ञाता नभएकोले बोल्ने निकायले बोलिदिनुपर्ने हो । सर्वोच्च अदालत तर उ शीतकालको कोईली जस्तै मौन भएर बसेको छ । हामी सानो छदाँ पढ्थेम, मानौँ मौन अवधी हुन्छ, कोईली शीतकालमा, के बोलौँ, के नबोलौँ, खुट्टा कामीरहन्छ । तर मनले मान्दैन, बोल नारायण बोल भन्छ । विदेशीहरुले नेपाल चिन्नको लागी पहिले एभरेन्टको देश भनेर भन्थे, कतिले गौतम बुद्धको भनेर आस्था गर्छन भने कतिले पशुपति नाथको देश भन्छन्, अब एउटा कुरा कही थपिन्छ की भन्ने डर छ, विदेशीहरुको क्रिडास्थल देश । जेनजीहरुको नाममा भएको आन्दोलनका केही नकरात्मक, सकरात्मक सन्देशहरु पनि छन् । जेनजी आन्दोलनले एउटा ठूलो फाईदा देशलाई पु¥याएको छ । कतिपय मानिसहरु आफू राजनितिमा स्थापित हुनको लागी जातीयता र क्षेत्रियताको भावना खेल्थे, तर यो आन्दोलनले सबै नेपाली एक हौँ भन्ने भावना विस्तार गरेको छ । युवाहरुलाई कर्तव्यवोध गराएको छ । संगसंगै एउटा खराब पराम्पराको विकास हुन्छ की भन्ने चिन्ताले पनि सताईरहेको छ की कसैलाई शासनबाट लखेट्न वैधानिक र बैचारिक बाटोको सट्टा तोडफोड र आगजानी गरिदिने खराब बाटोबाट देश र देशका युवाहरु उद्धत हुन्छन् की भन्ने डरले सताईरहन्छ । हामी हेरिरहेका छौँ, सिंहदरबारको खरानीको थुप्रोमाथी बसेर राज्य संचालन गर्नेहरुले त्यो खरानी गर्नेहरुको पत्तो लगाउन खोजेका छन् की कही त्यसै खरानी भित्र भएका, पत्ता लगाएका प्रमाणहरु नष्ट गर्नको लागी आयोग बनाएका छ होईनन् ? शंका लाग्छ । यो कुरा केही दिनमा घामजस्तै छर्लङ्ग हुने नै छ । २३ र २४ गतेको घटना कसले घटायो भन्दा पनि त्यसबाट कसले फाईदा लियो ? को राजनितिमा आधा रातमा सूर्य उदाए झै उदाएका छन् ? को शासनसत्ताको हालीमुहाली गरेर पनि चुनाव ताक्न पनि पछि नपरेका छन् ।’ 

सांसद मिश्रले भदौ २३ र २४ गतेको घटना कसले ग¥यो भन्दा पनि त्यसबाट कसले राजनीतिक लाभ लियो भन्ने प्रश्न महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । सो घटना