१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन



अ+ अ-

गण्डकी। होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

संस्थाको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी निर्वाचित बन्नुभएको छ । समितिका सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर रहनुभएको छ ।

अधिवेशनका लागि संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष दामोदरभक्त थापाको संयोजकत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद तिमिल्सेना र अर्जुन लम्साल रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटनको बसाइ लम्ब्याउनका लागि लेखनाथ क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकास गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, पोखरा महानगरपालिका व्यावसायिक प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापालगायतले लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँगै विकास गर्न सकेमा पोखरा आउने पर्यटकको बसाइ लम्बिने धारणा राख्नुभयो ।

होटल तथा रेष्टुरेष्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शक्तिश्री कोइरालाले आर्थिक प्रतिवेदन र सुरेश लामिछानेले प्रगति प्रतिवेदन एवं भावी कार्यक्रमबारे जानकारी गराउनुभयो ।

सातवटा तालसँगै लेखनाथ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन निरन्तर क्रियाशील एसोसिएसनमा करिब एक सयभन्दा बढी होटल व्यवसायी सदस्य रहनुभएको कार्यक्रममा जानकारी गराइयो ।

सात तालको बगैँचा सहरका रूपमा उपमा पाएको लेखनाथ नगरपालिका क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीको साझा संस्था एसोसिएसनले यस क्षेत्रको पर्यटकीय विकासका लागि नेतृत्वदायी भूमिका निर्वाहसँगै ‘जाउँ है बेगनास’ लगायतका विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस