१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालस्थित भारतीय राजदुतावासले मनायो ७७ औँ गणतन्त्र दिवस



अ+ अ-

काठमाडौं । नेपालस्थित भारतीय राजदुतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ ।

काठमाडौंस्थित दुतावास परिसरमा आयोजित विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो ।

समारोहमा भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको सन्देश वाचन गरिएको थियो । साथै, सांस्कृतिक प्रश्तुति तथा राष्ट्रभक्ति गीतहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो । भारतले हरेक वर्ष जनवरी २६ तारिखका दिन संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ ।

सन् १९५० मा भारतको संविधान लागू भएपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष भारतले ७७ औँ गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दूतावासले भारतीय डायस्पोरालाई विशेष निमन्त्रणा गरेको थियो । समारोहले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।