२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो छल्न बेँसी झरेका मतदातालाई मतदान गर्न समस्या



अ+ अ-

बाजुरा, १२ माघः चिसो छल्न बेँसी झरेका यहाँका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ ।

आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाती महासङ्घ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित बेँसीमा झरेका हुँदा उनीहरुलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताउनुभएको छ । उहाँका अनुसार त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन् ।

यहाँका बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१,२,३,७,८, र ९ र हिमाली गाउँपालिका– २ र ३ वडामा बसोबास गर्दै आएको छन् । आसन्न निर्वाचनमा मतदान गर्न समस्या हुने अस्थायी बसाइँ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा (भोटे) ले बताउनुभएको छ । उहाँले भन्नुभयो “आफूसहित परिवार यतै छौँ, मतदान गर्न चारै जना मौसमी बसाइँ सरेको छौँ । ” मतदान गर्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्ने थापाको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ आउन प्रेरित गर्ने बताउनुभयो । यहाँ ७७ मतदानस्थल कायम भएका छन् । ती मतदानस्थलका एक सय १८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताउनुभयो । उक्त निर्वाचनका लागि ८७ हजार आठ सय ६१ मतदाता छन् । तीमध्ये महिला ४१ हजार ६१८ र पुरुष ४६ हजार २४३ छन् ।रासस