२३ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको ‘ब्याटल अफ गलवान’को गीत सार्वजनिक, नेपाली अभिनेता अनुपविक्रम शाहीसँग एउटै फ्रेममा



अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक गरिएको छ। ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही सलमान खानसँग एउटै फ्रेममा देखिएका छन्।

देशभक्तिको भावना समेटिएको गीतमा अनुपविक्रम र सलमानको सह–उपस्थिति देखिएसँगै नेपाली दर्शकमाझ पनि गीतले विशेष चासो पाएको छ।

केही समयअघि अनुपविक्रम सलमानसँगै फिल्म खेल्दैछन् भन्ने चर्चा चलेको थियो। यद्यपि उनी फिल्मको मुख्य भूमिकामा भने छैनन्। तर सार्वजनिक भएको गीतमा उनी सलमानसँगै देखिएका छन्।

गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ। सलमान खान फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्देशन अपूर्व लाखियाले गरेका हुन्।

‘ब्याटल अफ गलवान’ सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको घटनामा आधारित छ। फिल्ममा सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा छन् भने नेपाली अभिनेता अनुपविक्रम शाहीसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको समेत अभिनय रहेको छ।

फिल्म आगामी १७ अप्रिल देखि प्रदर्शनमा आउने जनाइएको छ।