४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

माघ १४ गतेदेखि काठमाडौं व्यापार महोत्सव २०८२ आयोजना हुने

माघ १४ गतेदेखि काठमाडौं व्यापार महोत्सव २०८२ आयोजना हुने
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले काठमाडौं व्यापार महोत्सव २०८२ आयोजना गर्ने भएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइएको हो ।

मेला आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुनेछ ।काठमाडौं बिजनेस एक्स्पो २०२६ व्यापार–व्यवसायको उत्थान, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनः समृद्ध काठमाडौं हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना हुन लागेको आयोजकको भनाइ छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले महोत्सवमा करिव २ सय भन्दा बढी व्यवसायिक स्टलहरू रहने र स्थानीय उत्पादन, हस्तकला, खाना, प्रविधि तथा विभिन्न सेवा प्रदर्शनीमा राखिने बताउनु भयो । महोत्सवले काठमाडौं जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार महोत्सवमा नेपालका साथै भारत र बंगलादेशका विशेष उत्पादनहरू पनि प्रदर्शनीमा रहनेछन् । यसले अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको छ । अवलोकनकर्तामा सर्वसाधारण, उद्यमी–व्यवसायी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअपहरू, पर्यटक, फुड लभर्स तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय उपस्थिति रहने आयोजकको भनाइ छ । महोत्सव दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।