९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



अ+ अ-

इटहरी । इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गर्नुभएको हो ।

उद्घाटन समारोहमा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपति रनिङ शिल्डअन्तर्गत राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरपालिकाले विशेष सम्मान तथा पुरस्कार प्रदान गर्ने प्रमुख पौडेलले प्रतिबद्धता जनाउनुभयो । खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्दै जाने उहाँको भनाइ छ ।

उपमहानगरको शैक्षिक शाखा प्रमुख रमेश शाहले उपमहानगरभित्रका माध्यमिक तहका विद्यार्थी प्रतियोगितामा सहभागी हुने जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पालिकास्तरीय र त्यसपछि उच्च तहको प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाई जम्प, लङ जम्पलगायतका विभिन्न खेल विधा समावेश गरिएको छ । प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति छ । उपमहानगरले यस्ता प्रतियोगितामार्फत विद्यालयस्तरमा प्रतिभावान् खेलाडी पहिचान गरी उनीहरूको क्षमता विकास हुने जनाएको छ ।