१२ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै



अ+ अ-

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेसले जनाएको छ। महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो। यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

अर्को वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने मिति यतावत् राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमति शीर्ष नेताबीच भएपछि आज बस्ने बैठकमा संशोधित कार्यतालिका पेश हुनेछ। ‘बैठकमा महामन्त्रीले पुरानै मितिमा महाधिवेशन गर्ने गरी परिमार्जन सहितको आन्तरिक कार्यतालिका प्रस्तावका रूपमा पेश गर्नु हुनेछ’, शर्माले भने, ‘मुख्यतः यही विषयमा बैठकमा छलफल हुनेछ।’ शुक्रबार बसेको शीर्ष नेताले बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो। कांग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भइरहेको एक नेताले बताए।

पुस ११ गतेको केन्द्रीय समिति बैठकले अर्को वर्ष मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो। २०७७ मंसिर ९ मा गाउँ/नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ/नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, मंसिर १७ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, मंसिर २५ मा जिल्ला अधिवेशन, पौष १५ गते र फागुन ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ।

कोरोना भाइरसबारे सतर्कता अपनाउन ध्यानाकर्षण:नेपाली कांग्रेसले कोरोना भाइरसबाट प्रभावित चीनको उहान सहरमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएको छ। उहान सहरमा ठूलो संख्यामा नेपाली विद्यार्थी र व्यवसायी रहेको उल्लेख गर्दै कांग्रेसले कोरोना भाइरसको उच्च जोखिममा रहेको उहानमा रहेका नेपालीको उद्धार गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेकाले सरकारलाई आवश्यक सुरक्षा व्यवस्था गर्न भनेको छ। ‘महामारीको रूपमा फैलन सक्ने उक्त कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछौं’, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। अन्नपुर्णपोष्ट दैनिकबाट