४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
फाइल फोटो
अ+ अ-

काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेन–जी शहीदको भावनाअनुसार आफूले काम गर्ने बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू मन्त्री हुँदा पनि जेन–जीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने जिकिर गर्नुभयो । उहाँले आफू जेन–जी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरुको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै कुरामा जानकार रहेको बताउनु भयो । जेन–जीको बलिदानलाई मर्न नदिने र त्यसका लागि आगामी निर्वाचनमा आफूहरु उज्यालो पार्टी नेपाल दर्ता गरेर निर्वाचनमा होमिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहीद परिवारको भावना मैले पनि बुझेको छु, धेरै ठाउयँमा पुगेको छु । आर्यघाटमा पुगेको छ । मलाई धेरै पीडा हुन्थ्यो । हामीले बोल्ने भन्दा पनि भावनाले बुझेर काम गरेका थियौँ । मैले मन्त्री भएको नाताले सकेको काम जति गरेको छु । स्ट्याच्यु र जेन–जी पार्क बनाउने बारेमा केही समय लाग्यो र त्यो काम अब आउने सरकारले निरन्तरता दिनेछ । आगामी सरकारको नेतृत्वको लागि संसदमा हामी उपस्थित हुनका लागि उज्यालो पार्टी नेपाल दर्ता गरेर आएका छौँ । शहीदहरुको सपना पूरा गर्नकै लागि हामी राजनीतिक क्षेत्रमा आएर केही न केही योगदान दिनुपर्छ भन्ने हिसावले आएका छौँ । सबै नेपाली जनता, शहीद परिवारको साथ सहयोग हुनेछ भन्ने विश्वास छ । सधैँ मेरो प्रयास शहीद परिवारको दुःखमा साथ दिनेछु ।’

उहाँले शहीद परिवारसँग आफ्नो पार्टीले दीर्घकालीन रुपमा सहयो गरेर अघि बढ्ने प्रीतवद्धता जनाउनु भयो ।