१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइ राप्रपा अब सत्तामा जाँदैनः कमल थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन राप्रपा सत्तामा नजाने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनुले देश तथा विदेशमा पनि महत्वपूर्ण सन्देश जाने जिकिर गर्नुभयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या रहेको बताउनु भयो । राजतन्त्रवादी जनमतलाई भोटमा बदल्नसके विजयी निश्चित रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइकन हामी सत्तामा जानुछैन । सत्ता केन्द्रित राजनीति गर्नेछैनौँ । यो सन्देश हामीले प्रत्येक नेपालीलाई दिन सक्नुपर्छ । स्वयं राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट निर्वाचित भएर जाँदा देश विदेशमा एउटा बलियो सन्देश जान्छ । त्यसका लागि हामी निरन्तर रुपमा खटिरहेका छौँ । काठमाडौं क्षेत्र नम्बर ५ मा हिन्दुराष्ट्र चाहने, राजसंस्था चाहने, राष्ट्रवादीहरुको धेरै ठूलो संख्या छ । जनमत छ । त्यो जनमतलाई भोटमा परिणत गराउनसके फागुन २१ गतेको निर्वाचनमा हाम्रो विजय अवश्यम्भावी छ ।’

उहाँले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहने भए राप्रपालाई विजयी गराइ काम गर्ने मौका दिन आग्रह गर्नुभयो ।