४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘पुराना दल खराब भए, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी होइनः महासचिव चन्द

‘पुराना दल खराब भए, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी होइनः महासचिव चन्द
अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताउनुभएको छ ।

शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उहाँले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताउनुभएको हो ।

उहाँले नेपालमा दलको समस्या नभएर जनताले चाहेको जनताको सेवा गर्ने राज्यसत्ता भएको बताउनु भयो । जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढंगले फैसला लिने सत्ता आजको आवश्यकता भएको उहाँको भनाई छ । उहाँकाअनुसार अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको दाबी गर्नुभयो । उहाँले पुराना दलले  भ्रष्टाचार र विकृतिको जन्म दिएको सही भएपनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा भने गलत रहेको बताउनु भयो । नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भएपनि पुरानो राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उहाँको भनाई छ । उहाँले राजनीतिक संघर्षको मूल विषय पुराना र नयाँ दलबीच नभई पुरानो सत्ता र जनताको बीचको संघर्ष भएको बताउनु भयो । उहाँले नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक निकास दिने तर्क नरहेको बताउनु भयो । उहाँकाअनुसार २५–३० वा ४०–४५ वर्षको नयाँ अनुहार आएपछि सबै ठिक हुने र पुरानो मान्छेले राम्रो गर्न सक्दैन भन्नेकुरा सत्य होइन । उमेरभन्दा पनि दृष्टिकोण महत्वपूर्ण भएको उहाँले बताउनु भयो । उहाँकाअनुसार मान्छे उमेरले पुरानो हुनसक्छ तर उसले बोकेको दृष्टिकोण के हो भन्ने कुरा निर्णायक हुन्छ ।

हाँले भन्नुभयो, ‘अहिले लागेको नारामा पुराना दल गलत, नयाँ दल चाहिन्छ भन्ने नारा चाँही क्रान्तिकारी नारा होइन । यो चाहीँ भुलभुलैया गर्ने, जनतालाई भ्रमित पार्ने नारा हो । यहाँ दलसंगको समस्या होइन, जनतलो चाहेको त सत्ता हो नी । जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो । न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो नी जनताले । त्यो नयाँ दल र पुराना दलको कुरा होईन । दृष्टिकोण कस्तो छ ? भन्नेसंग सम्बन्धित छ, त्यसैले यहाँ सत्ताको बहस जसरी ओझेलमा परेको छ, हामीले पहिले बुझ्नुपर्ने अहिलेको यो बाहिर छाएको छ नी, बाहिर हल्लाखल्ला छाएको जो कुराहरु छ, त्यसलाई हामीले चिर्नुपर्छ । त्यो सबै सत्य होईन । अलिअलि सत्य के हो भने पुराना दलमा भन्दा नयाँ दलमा गएपछि जनतालाई थोरै सुधार, थोरै राहत, थोरै शान्ति मिल्छ की भन्ने कुराको हिसाबले त पुरानो दल र नयाँको पनि भन्न सकिन्छ । त्यस हिसावले त किनभने पुराना दलहरु कामै नलाग्नेगरि खत्तम भए, त्यहाँबाट भ्रष्टाचार जन्मियो, विकृति जन्मियो, त्यहाँबाट सारा जनतालाई लुटपाट भयो, देश चाहीँ राष्ट्रघातमा प¥यो भन्ने हिसावले पुराना दलले गरेनन् भन्नेकुरा एक तहसम्म त मिल्छ, तर यो चाहीँ कति सत्य होइन भन्दाखेरि नयाँ दल आउने वित्तिकै यो सत्ता यस्तै रह्यो भने अनि ठिक भइहाल्छ भन्ने कुरा चाँही सत्य होइन । पुराना दल र नयाँ दलको बहस अलिअलि सत्य हो, त्यो भन्दा बढी ठूलो कुरा के हो भने पुरानो सत्ता र जनताको बीचको संघर्ष मुख्य कुरा हो । पुराना नेताको समस्या हो तर नयाँ नेता र पुराना नेताको समस्या पनि मुख्य होइन । नयाँ आउने वित्तिकै, कुनै नयाँ अनुहार टक्क परेको भर्खरको २५/३० वर्षको या ४०/४५ वर्षको मान्छे आउने बित्तिकै राम्रो गरिहाल्छ र पुरानो मान्छेले चाहीँ राम्रो गर्दैन भन्ने कुरा चाहीँ सत्य कुरा होइन । दृष्टिकोण के हो ? आजको समस्यालाई हेर्ने नयाँ र पुरानाको दृष्टिकोण के हो ? मान्छे उमेरले पुरानो हुनसक्छ, तर उनीहरुले भन्ने कुरा के हो भन्ने कुरा धेरै महत्वपूर्ण छ । त्यसकारण पुरानो नेता र नयाँ नेताको बहस पनि वास्तविक अहिलेको समस्यालाई निकाश दिने बहस होईन । यो पनि भुलभुलैयामा पार्ने, यो जनतालाई अलमलमा पार्ने एउटा गुलियो पोतिएको नारा हो । पुरानो सत्तालाई बदल्ने दृष्टिकोण भएको नेताहरु चाहियो नी त । पुरानो चरित्रका सत्ताहरुलाई बदल्न सक्ने, त्यहाँभित्र भएका विकृतिहरुलाई फेर्न सक्ने नेता चाहियो नी त । के नयाँ भन्नेहरुबाट त्यो देखियो त ?’

महासचिव चन्दले पुरानो सत्ता संरचना र चरित्र बदल्नसक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता औँल्याउनु भयो । उहाँले नयाँ भन्नेहरूमध्ये कसैबाट पनि त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गर्नुभयो । पुरानो सत्तालाई बदलेर जनताको सत्ता निर्माण गर्नसक्ने शक्ति नेकपा माओवादी मात्रै भएकोले जनतालाई यो कुरा बुझाउन उहाँले निर्देशन दिनुभयो ।