९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जियोक र नेपाल कानून समाजद्वारा प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण सुरु

जियोक र नेपाल कानून समाजद्वारा प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण सुरु
अ अ+ अ-

काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) र नेपाल कानून समाजले आगामी प्रतिनिधिसभा निर्वाचनको औपचारिक पर्यवेक्षण कार्य प्रारम्भ गरेको छ।

जेन्जी मुभमेन्टको उपलब्धिका रूपमा प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा गठित सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गर्ने मुख्य उद्देश्यका साथ प्रक्रिया अघि बढाएको र निर्वाचन आयोगले सोही मितिमा निर्वाचन गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको जियोकले जनाएको छ।

राजनीतिक दलहरूले समानुपातिक तथा प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता गरी निर्वाचन प्रक्रियामा पूर्ण सहभागिता जनाइसकेको अवस्थामा जियोकरनेपाल कानून समाजले निर्वाचनको तयारी, चुनौती र समग्र अवस्थाबारे अध्ययनसहित पर्यवेक्षण सुरु गरेको हो।

जियोकले २०४८ सालदेखि प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय तह र संविधानसभासहितका सम्पूर्ण निर्वाचनहरूको पर्यवेक्षण गर्दै सम्बन्धित निकाय, निर्वाचन आयोग, नेपाल सरकार र राजनीतिक दलहरूलाई सुझाव दिँदै आएको छ। निर्वाचनलाई गुणस्तरीय, विश्वसनीय, निस्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यसपटक पनि पर्यवेक्षण कार्यलाई निरन्तरता दिइएको जियोकको भनाइ छ।

यस निर्वाचनका लागि जिल्लास्तर र पालिकास्तरका करिब ४०० पर्यवेक्षक परिचालन गरिएको छ। सातवटै प्रदेशका ३५ जिल्लाका २५० पालिकामा पर्यवेक्षण गर्ने योजना अनुसार पर्यवेक्षकहरूलाई आवश्यक प्रशिक्षणसमेत प्रदान गरी आ–आफ्नो कार्यक्षेत्रमा परिचालन गरिएको छ।

निर्वाचन पर्यवेक्षण कार्यलाई प्रभावकारी बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूलाई आवश्यक सहयोग गर्न जियोकले आग्रह गरेको छ।

जियोकमा नेपाल कानून समाज, संविधान निगरानी समूह, नेपाल नागरिक मञ्च, पूर्व कर्मचारी सेवा परिषद नेपाल, असहाय सेवा केन्द्र, नेपाल प्रेस इन्स्टिच्युट, ग्रामीण विकास प्रतिष्ठान, नेपाल नागरिक समाज, मधेशी नागरिक समाज, फ्रिडम फोरम र मिडिया एडभोकेसी ग्रुप गरी ११ संस्था संस्थागत सदस्यका रूपमा आबद्ध छन्। यी संस्थामार्फत पूर्व प्रधानन्यायाधीश, पूर्व प्रमुख निर्वाचन आयुक्त, स्वतन्त्र बुद्धिजीवी, कानूनविद्, पूर्व कर्मचारी, समाजसेवी, मानव अधिकारकर्मी, प्राध्यापक तथा वरिष्ठ पत्रकारहरूको सक्रिय सहभागिता रहँदै आएको छ।

जियोकले निर्वाचन अघिको अवस्था, निर्वाचनको दिन तथा निर्वाचनपछिको अवस्थाबारे पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्ने जियोकका महा–सचिव कृष्णमान प्रधानले जानकारी दिनुभयो ।