४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्थानीयहरु भन्छन्ः मोरङ ३ मा सुनिल शर्माको विकल्प छैन

स्थानीयहरु भन्छन्ः मोरङ ३ मा सुनिल शर्माको विकल्प छैन
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि घरदैलो अभियान शुरु गर्नुभएको छ ।

मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट उम्मेद्वारी दिनुभएको शर्माले चुनावी प्रचारप्रसारको लागि घरदैलो अभिया शुरु गर्नुभएको हो ।

यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट सांसद हुनुभएको शर्मा फेरि सांसद बन्ने दौडमा हुनुहुन्छ । यहाँका जनताको स्वास्थ्य र शिक्षामा शर्माको ठूलो योगदान रहेको यहाँका स्थानियहरु बताउँछन् । निर्वाचन जितेर गएपछि शर्माले यस क्षेत्रको विकासमा ठूलो योगदान दिएको उनीहरुको भनाई छ । डा शर्माले यहाँका स्थानियहरुको निःशुल्क उपचार गर्ने गरेको स्थानीय बताउँछन् । फेरि पनि यस क्षेत्रबाट सुनिल शर्मा नै चुनाव जित्ने उनीहरुको भनाई छ ।

नायिका रेखा थापाकी आमा सरस्वती थापाले डा. शर्माले जति मोरङको क्षेत्र नम्बर ३ मा कसैले विकासको काम गर्न नसकेको बताउनु भयो । यसपटक अरु उम्मेद्वारले नउठेपनि हुन्थ्यो नी जस्तो आफूलाई लागेको पनि उहाँको भनाई छ । मृत्युको मुखमा पुगेका विरामीलाई पनि उपचार गराएर बचाउने गरेको भन्दै उहाँले यहाँभन्दा ठूलो धर्म अरु केही नहुने बताउनु भयो । उहाँले निर्वाचनमा अब फेरि पनि डा शर्मालाई नै जिताएर पठाउनुपर्ने बताउनु भयो । सुन्दरहरैचा १२ की स्थानीय सीता ढकालले आफू डा शर्माकै मतदाता रहेको र रहिरहने बताउनु भयो । आफ्नै काका भानुभक्त ढकाल मन्त्री हुँदा आफूलाई सहयोग नगरेको प्रसंग निकाल्दै उहाँले डा शर्माले सधैँ समस्या पर्दा सहयोग गर्ने गरेको बताउनु भयो ।

देविमाया ढकालले सुनिल शर्माले सबै गरिबहरुको निःशुल्क उपचार गरिदिएको बताउनु भयो । सोही कारण आफूहरुको रोजाई डा शर्मा नै हुने उहाँको भनाई छ । अरुणकुमार पण्डितले नयाँ उम्मेद्वारहरु आएपनि यो क्षेत्रमा डा सुनिल शर्माकै पकड क्षेत्र रहेको बताउनु भयो । यहाँका विपन्न जनतालाई डा शर्माले निःशुल्क उपचार गराउने गरेकोले पनि शर्माप्रति मान्छेको लगाव रहेको उहाँको भनाई छ । स्थानीय मनोज सापकोटाले विगतको तुलनामा डा शर्माले जितेर गएपछि धेरै राम्रो काम गरेको देखिएको बताउनु भयो ।

स्थानीयहरु सबै डा. शर्मालाई नै जिताउने पक्षमा रहेको उनीहरुको भनाइ छ ।