४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आगामी निर्वाचनमा केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार छान्दैनः गगन थापा

आगामी निर्वाचनमा केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार छान्दैनः गगन थापा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार चयन नगर्ने बताउनुभएको छ ।

पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेद्वार चयन हुने बताउनुभएको हो ।

उहाँल्ले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राईमरी इलेक्सनबाट उम्म्ेदवार छान्ने दाबी गर्नुभयो । यसपटक भने समयको अभावको कारण प्राईमरी इलेक्सनमार्फत उम्मेद्वार छान्न नसकिएको उहाँको भनाई छ । उहाँले समयको चापको कारण उम्मेद्वारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी १६५ निर्वाचन क्षेत्रमा नै त्यही क्षेत्रभित्रको उम्मेद्वारी चयन गर्ने प्रक्रियाँ टुगिनुपर्छ भन्ने मत राख्छौँ । यसका निम्ति हामीले अहिले विधानमा संशोधन पनि गरेका छौँ । अर्को पटकदेखी काँग्रेसको उम्मेद्वार यसरी चयन हुँदैन । उम्मेद्वार त्यहीका पार्टी सदस्य, आम नागरिकले मतदान गरेर तलै चयन हुन्छ । तर यो पटक हामीसंग त्यो समयको सुविधा थिएन । हामीले ४ गते जम्मा यो कामको थालनी गरेका हौँ, ६ गते उम्मेद्वारी दर्ताको समय थियो । अब हामी फर्केर प्राईमरि गर्छौ भन्ने अवस्था थिएन । समयको चापमा काम गर्दैगर्दा कतिपय ठाउँहरुमा हामीले चाहेको भन्दा हामीले फरक ढंगले निर्णय गर्नसक्थ्यौँ भन्ने लाग्दालाग्दै पनि सकेनौँ । हामीसंग समय भएको भए यो भन्दा समावेशी बनाउन सक्थ्यौ ।’ 

उहाँले विशेष महाधिवेशन आफूहरुले आफ्नो लागि नभई नागरिकको काँग्रेस बदलिनैपर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताउनु भयो ।