२० श्रावण २०८३, बुधबार
,
Latest
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता विराटनगरमा सबैभन्दा बढी वर्षा केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस फेरि पनि पहिलो पार्टी बन्छः अर्जुनरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताउनु भयो । उहाँले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडी बढ्नुपर्ने बताउनुहुँदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गर्नुभयो । नेपाली काँग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

उहाँले भन्नुभयो, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडी बढ्नुपर्छ । नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’ 

उहाँले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटकपटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बन्नुभएको बताउनु भयो । यसअघि पनि थापा मधेसमा जान खाजेको भएपनि परिस्थिति नमिलेको बताउनु भयो । नेपाली काँग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उहाँको भनाई छ ।