४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले गराउँछ भन्नेमा आशंका छः डा. वेदुराम भुसाल

सरकारले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले गराउँछ भन्नेमा आशंका छः डा. वेदुराम भुसाल
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता ले वर्तमान सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचन धाँधलीरहित ढंगले सम्पन्न गर्नेमा आशंका रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको १९ औँ अधिवेशनको शुभारम्भमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । त्यसैगरी उहाँले सो निर्वाचनमा नेपाली जनताले मुल्ुकको संविधानलाई लयमा फर्काउने राजनीतिक दलहरुलाई चयन गर्नुपर्ने बताउनु भयो । नेता भुसाललेसंविधान च्यात्छु भन्ने, मुलुकमा ध्वंश मच्चाउने शक्तिहरुलाई निर्वाचनमा पराजय गराउने जिम्मेवारी नेपाली जनताको आएको समेत बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउने विषयमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

नेता भुसालले भन्नुभयो,‘निर्वाचनसँग जोडिएर कुरा गर्दा अब जनताकाले कस्तो प्रतिनिधि चुन्ने ? एउटा गम्भिर प्रश्न जनताको माझमा खडा भएको छ । सबभन्दा पहिलो प्रश्न त यो सरकारले यो निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित गराउन सक्छ कि सक्दैन ? गम्भिर प्रश्न त्यहाँ छदैछ । सँगसँगै नेपाली जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न पनि खडा भएको छ । देशलाई संविधानको बाटोमा अघि बढाउनका लागि काम गर्ने प्रतिनिधि छान्ने हो कि यस संविधानलाई च्यातेर फाल्नुपर्छ भन्ने जस्ता मानिसहरुलाई प्रतिनिधि छान्ने हो ? देश निर्माण गर्नुपर्छ भन्ने प्रतिनिधि छान्ने हो कि देशलाई ध्वंस बनाउने, भएका संरचनाहरु ध्वंंश गर्नेहरुलाई छान्ने हो ? यो गम्भिर प्रश्न हाम्रा सामू छन । जनताका सामू पनि छन् । यस्तो अवस्थामा हामी यो सभाको बैठक बसिरहेका छौँ ।’ 

नेता भुसालले मुलुकलाई सही ढंगले अघि बढाउन राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने समेत बताउनु भयो ।