४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

भरतपुर विमानस्थलको बिस्तार बिषयमा सर्बपक्षीय छलफल

भरतपुर विमानस्थलको बिस्तार बिषयमा सर्बपक्षीय छलफल
अ+ अ-

काठमाडौं । चितवनस्थित भरतपुर बिमानस्थल बिस्तारको बारेमा सर्बपक्षीय छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भरतपुर बिमानस्थल बिस्तारको सम्भावना र चुनौतीको बिषयमा सर्बपक्षीय छलफल भएको हो ।

सोमबार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा रक्षा मन्त्रालयको सभाहलमा भएको छलफल कार्यक्रममा सहभागीले भरतपुर बिमानस्थलको बिस्तार अपरिहार्य भएको बताए । कार्यक्रममा पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, बिभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका उच्च अधिकारीहरु सहभागी थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले देशकै मध्यभागमा रहेको चितवनको बिमानस्थलको बिस्तार र स्तरोन्नति अनिवार्य भएको बताए । अध्यक्ष प्रचण्डले सबै मन्त्रालय र निकायको समन्वयमा यसको लागि काम अघि बढिरहेको भन्दै खुसी व्यक्त गरे । उनले चितवन बिमानस्थलको बिस्तारको लागि पर्यटन मन्त्री भट्टराईले देखाएको तदारुकता र पहलकदमीको प्रशंसा पनि गरे । चितवनको तिब्र शहरीकरण भएको भन्दै उनले सुरक्षित र व्यबस्थित बिमानस्थल अनिवार्य भएको बताए । रक्षा तथा उप्रधानमन्त्री पोखरेलले भरतपुर बिमानस्थल बिस्तारमा रक्षा मन्त्रालय र नेपाली सेनाले पूर्ण रुपमा सहयोग गर्ने बताए । उनले बिमानस्थल बिस्तारमा सेना समस्या नै नभएको बताए । भरतपुर बिमानस्थल बिस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गणको जग्गालाई प्रयोग गर्नुपर्ने सन्दर्भमा रक्षामन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयले तत्काल काम अघि बढाउने बताए । सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, स्थानीय तह सबैसँग समन्वय र समझदारी गरेर काम अघि बढाइने उनको भनाई छ । सरोकारवाला निकायहरुको सुझावको आधारमा अन्तिम प्रतिवेदन तयार पारी काम अघि बढाइने उनको भनाई छ । भरतपुर महानगरपालिकाको मेयर दाहालले भरतपुर बिमानस्थल नेपालको केन्द्र भागमा रहेको भन्दै यसलाई बाग्मती प्रदेशको मुख्य विमानस्थलको रुपमा बिकास गरिनुपर्ने आबश्यकता रहेको बताइन् । उनले चितवन शैक्षिक तथा मेडिकल हबको रुपमा बिकास भइरहेको भन्दै विमानस्थलको प्रयोग अत्याधिक बढिरहेको बताइन् । उनले बिमानस्थल बिस्तारको काममा पर्यटन मन्त्री भट्टराईले गरेको पहलकदमीप्रति खुसी व्यक्त समेत गरिन् ।

छलफल कार्यक्रममा भरतपुर बिमानस्थल बिस्तार तथा स्तरोन्नतिको आबश्यकता, प्राबिधिक, तथा सामाजिक आर्थिक पक्षको समेत अध्ययन गर्न बनेको कार्यदलका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्रारिम्भक रिपोर्ट प्रस्तुत गरेका थिए ।