३ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबलको विजयी सुरुआत



अ+ अ-

डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुलले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा ग्लोबलले माउन्ट सेबलाई १–० गोलले पराजित गर्यो । ग्लोबलका ऋतिक न्यौपानेले निर्णायक गोल गरे ।

प्रतियोगिताको एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र आयोजक संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) का अध्यक्ष आरबी कट्वालले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । उद्घाटनका अवसरमा सहभागी टिमले गरेको मार्च पास्टमा शीर्ष तीन स्थान हासिल गर्नेलाई ट्रफी प्रदान गरी पुरस्कृत गरिएको थियो । ग्लोबल पहिलो, वेस्ट ग्रुप भिजन दोश्रो र अन्नपूर्ण तेश्रो भए ।

प्रतियोगितामा २१ टिम सहभागी छन् । नक आउट प्रतियोगिताको फाइनल माघ २५ गते हुने छ । दोश्रो दिन मंगलबार ३ खेल हुने प्रतियोगिता संयोजक एवं फिजमका सचिव देवीप्रसाद डोटेलले जानकारी गराए ।