३ पुष २०८२, बिहीबार
,
Latest
नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबलको विजयी सुरुआत



अ+ अ-

डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक स्कुलले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको खेलमा ग्लोबलले माउन्ट सेबलाई १–० गोलले पराजित गर्यो । ग्लोबलका ऋतिक न्यौपानेले निर्णायक गोल गरे ।

प्रतियोगिताको एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र आयोजक संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) का अध्यक्ष आरबी कट्वालले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । उद्घाटनका अवसरमा सहभागी टिमले गरेको मार्च पास्टमा शीर्ष तीन स्थान हासिल गर्नेलाई ट्रफी प्रदान गरी पुरस्कृत गरिएको थियो । ग्लोबल पहिलो, वेस्ट ग्रुप भिजन दोश्रो र अन्नपूर्ण तेश्रो भए ।

प्रतियोगितामा २१ टिम सहभागी छन् । नक आउट प्रतियोगिताको फाइनल माघ २५ गते हुने छ । दोश्रो दिन मंगलबार ३ खेल हुने प्रतियोगिता संयोजक एवं फिजमका सचिव देवीप्रसाद डोटेलले जानकारी गराए ।