४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: लिभरपुल, बायर्न र चेल्सीको जित



बायर्न म्युनिखका खेलाडी ह्यारी केन हेड गर्दै, २०२६
अ+ अ-

युरोपेली प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा लिइने च्याम्पियन्स लिगका गएराति भएका खेलहरुमा लिभरपुल, बायर्न म्युनिख र चेल्सीले जित हासिल गरेका छन् ।

लिभरपुलका प्रशिक्षक आर्ने स्लटमाथि केही समयदेखि टिमको खराब प्रदर्शन र फर्वार्ड मोहम्मद सलाहलाई लिएर भइरहेको बिबादका बिच टिमले जित हासिल गरेपछि स्लटले सन्तोषको सास फेर्न पाएका छन् । यस खेलमा सलाहलाइ पनि समावेश गरिएको थियो ।

लिभरपुलले स्पेनी क्लब मार्सेलाई उसकै गृहमैदान स्टेड भेलोड्रोममा ३–० गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलका लागि डोमिनिक साबोजलाई र कोडी ग्याप्कोले गोल गरेका थिए भने एक गोल आत्मघाती भएको थियो ।

यो जितसँगै लिभरपुलले ७ खेलबाट १५ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । घरेलु प्रिमियर लिगमा संघर्ष गरिरहेको लिभरपुलले च्याम्पियन्स लिगमा भने पछिल्ला ५ खेलमा एक खेलमा हार व्यहोरे पनि चार वटा खेल जितेको छ ।

मार्सेका फ्यान

उता, जर्मन लिग लिडर बायर्न म्युनिखले युनियन सेन्ट–गिलोजलाई २–० गोल अन्तरले पराजित गरी लिगमा दोस्रो स्थानमा कायम छ । बायर्नका लागि दुबै गोल ह्यारी केनले गरेका थिए ।

प्रिमियर लिगमा संघर्षरत चेल्सीले पनि गएरातिको खेल जितेर च्याम्पियन्स लिगमा टिकिराख्ने सम्भावना बढाएको छ । चेल्सीका लागि एकमात्र गोल मोजेज काइसिडोले ७८औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै चेल्सीले सात खेलबाट १३ अंक बटुल्दै लिगको आठौं स्थानमा रहेको छ ।

लिगको नवौं स्थानमा रहेको बार्सिलोनाले भने स्लाभिया प्राहालाई ४–२ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाका लागि फर्मिन लोपेजले २ तथा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरेका थिए ।

इङलिस क्लब न्यूक्यासलले भने जर्मन क्लब पिएसभीलाई ३–० गोलले हराएर लिगमा सातौं स्थान सुरक्षित गरेको छ । न्यूक्यासलका लागि योना विस्सा, एन्थोनी गोर्डोन र हार्भि बार्नेसले गोल गरेका थिए ।