१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : अध्यक्ष यादव



file
अ+ अ-

परासी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति  र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,“ पार्टीले समय आएपछि  एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” 

अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिनुभयो । रासस