२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री झाले दिइन् राजीनामा



अ+ अ-

जनकपुरधाम । प्रदेश–२ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले राजीनामा दिएकी छन् । सरकार परिवर्तन हुने चर्चा चलिरहेकै बेला राष्ट्रिय जनता पार्टीबाट मन्त्री बनेकी झाले राजीनामा दिएकी हुन् । राज्यमन्त्री झाले आफू सरकारको कामदेखि सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताइन् । ‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनूकुल हुने अवस्था नरहेकोले राज्यमन्त्री पदबाट राजीनामा गरेको छु’, उनले राजीनामा भनेकी छन् ।

राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमति रहेकी उनले उपभोक्तालाई रकम दिन नसकेकोमा असन्तुष्टि पोख्दै आएकी थिइन् । उनले भनिन्, ‘धेरै दिनदेखि उपभोक्ता समितिहरूको पैसा राखेको छ । मानिसहरू हामीलाई फोन गर्छन, हाम्रो पैसा किन रोकियो भनेर ? क्याविनेट पैसा दिन पास गरे पनि अहिलेसम्म पैसा दिइएको छैन ।’ सरकारमा मुकदर्शक बनेर रहनेबाहेक कुनै काम नरहेकाले असन्तुष्ट भएर राजीनामा दिएको उनले बताइन् ।

मुख्यमन्त्रीले एकलौटी रूपमा प्रदेश सरकारले काम गरिरहेको आरोपसमेत झाले लगाइन् । अब सांसद रहेरै काम गर्ने उनले बताइन् । राजीनामाबारे मुख्यमन्त्रीलाई औपचारिक रूपले उनले जानकारी गराएकी छन् भने राजीनामापत्र राजपा संसदीय दलका अध्यक्ष जितेन्द्र सोनललाई बुझाएकी छन् । राज्यमन्त्रीहरू आफूहरू कामविहीन रहेको भन्दै गुनासो गर्दै आएका छन् । सौर्य दैनिकबाट