१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने



अ+ अ-

काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले यसबारे जानकारी गराउनुभएको हो ।

धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो । नगर प्रहरी प्रमुख जोशीले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिनुभयो । अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने बताउनु भयो । सबैसँग सभ्य र नरम भाषामामा बोल्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शक्तिकेन्द्र धाउने काम कम गरौँ । अहिले गर्ने क्रियाकलापमा फोकस हौँ । फुटपाथ पार्किङमा एकदम फोकस हुनुपर्नेछ । धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय, वर्कसपका विषयमा ध्यान दिनुपर्नेछ । धेरै कुरा नियन्त्रणमा आइसकेको छ, सुधार पनि भएको छ । अब यसलाई मनिटरिङ मात्रै गर्ने हो । फुटपाथ र पार्किङमा विशेष ध्यान दिऔँ । बोल्दा मिठो बोल्नुस् । कसैलाई तँ नभन्नुस् । सबैसँग बोल्दा सम्मानजनक हिसावले बोल्नुस् । भाषा नरम हुनुपर्छ । ’

उहाँले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिनुभयो । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि बताउनु भयो ।–