९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडललाई निरन्तरता दिन पौडेलको आग्रह

रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडललाई निरन्तरता दिन पौडेलको आग्रह
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष / पूर्वउपप्रधान तथा अर्थमन्त्री एबं रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्ला एउटा भूगोल मात्र होइन, आफ्नो कर्म र सङ्कल्पको केन्द्र बनिसकेको जनाउनु भएको छ ।

रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडल बनाउन सुरु गरिएको विकासको यो महाअभियानलाई निष्कर्षमा पुर्‍याउन फेरि पनि मतदातको साथ र आशीर्वाद आवश्यक रहेको उहाँले जनाउनु भएको छ ।

पौडेलले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराउँदै गर्दा तपाईंहरूले देखाउनुभएको माया र विश्वासप्रति म नतमस्तक छु। यहाँहरूको अमूल्य मत प्राप्त गरी विगतमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता संकटहरूले शिथिल बनाएको अर्थतन्त्र उकास्न र ओरालो लागेको सेयर बजार लगायत अर्थतन्त्रका समग्र सुचकहरुलाई उचाइमा पुर्‍याउन हामीले खेलेको भूमिकाबारे यहाँहरू अवश्य जानकार नै हुनुहुन्छ ।

मेरो लागि रुपन्देही जिल्ला एउटा भूगोल मात्र होइन, मेरो कर्म र सङ्कल्पको केन्द्र बनिसकेको छ । हिजो तपाईंहरूसँगै मैले देखेका थुप्रै सपनाहरू आज एक्सप्रेस हाइवे, आधुनिक फराकिला सडक, पुल र सुरुङ मार्ग जस्ता आधुनिक पूर्वाधारका रूपमा उभिँदै छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्ग र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रजस्ता गौरवका आयोजनाहरूले रुपन्देहीलाई विशिष्ट पहिचान दिएका छन् । बृहत् लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, सेमलार कृषि बजार, सिद्धबाबा सुरुङ मार्ग, कालीगण्डकी–तिनाऊ डाइभर्सन, सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक जस्ता मेघा परियोजनाका साथै थुप्रै ठुला/साना आयोजनाहरूको प्रभावकारी तथा पूर्ण कार्यान्वयनपछि यो क्षेत्र समृद्धिको नयाँ उचाइतर्फ अघि बढ्दै छ ।

रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडल बनाउन सुरु गरिएको विकासको यो महाअभियानलाई निष्कर्षमा पुर्‍याउन मलाई फेरि पनि तपाईंहरूको साथ र आशीर्वाद आवश्यक छ। हामीलाई थाहा छ— हामीले आरम्भ गरेका पूर्वाधारहरू सम्पन्न गर्न, विकासको गतिसँगै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्न, त्यसलाई सामाजिक न्यायसँग जोड्न र आत्मसम्मानसहितको सभ्य समाज निर्माण गर्न अझै धेरै काम गर्न बाँकी छ ।

हामीले सुरु गरेको समृद्धिको यो यात्रालाई अझ उचाँई बाट अघि बढाउन, रुपन्देहीलाई नेपालकै सबल आर्थिक केन्द्र र विकासको रोलमोडलका रुपमा स्थापित गर्न रुपन्देही क्षेत्र नं. २ का आदरणिय मतदाताहरु समक्ष सुर्य चिन्हमा आफ्नो अमुल्य मतको अपेक्षा गर्दछु ।