९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः बेलुकी ६:०० बजेसम्म २९२५ को उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनः बेलुकी ६:०० बजेसम्म २९२५ को उम्मेदवारी दर्ता
अ अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता भएपछि आज बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ महिलाले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराउनुभयो । अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उहाँले बताउनुभयो ।

कम दर्ता भएको म’स्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको जानकारी पनि सचिव राउतले दिनुभयो । यी दुवै जिल्लाका उम्मेदवारीको रुजु भइसकेको जनाइएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५÷३५ उम्मेदवारी दर्ता भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नंं क्षेत्रको बाँकी छ ।

सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट जानकारी आएको जनाइएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउनुभयो ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ ।

माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । रासस