४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

प्रदेश नं २ मा प्रविधिमा किशोरी परियोजना शुरू

प्रदेश नं २ मा प्रविधिमा किशोरी  परियोजना शुरू
अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत तथा श्रम रोजगार र सामाजिकमन्त्री रामेश्वरराय यादवले संयुक्तरूपमा प्रदेश नं २ मा प्रविधिमा किशोरी (गल्र्स इन टेक) परियोजनाको आज शुभारम्भ गर्नुभयो ।

युकेएडको रोजगारीका लागि सीप कार्यक्रमअन्तर्गत जिनसी सोलुसन्स नामक गैरसरकारी संस्थाको सहकार्यमा सो परियोजनाको थालनी गरिएको हो । लैङ्गिक असमानतालाई हटाउने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु यस परियोजनाको उद्देश्य छ ।

यस परियोजनाअन्तर्गत प्राविधिक पाठ्यक्रम तथा नेतृत्वसम्बन्धी तालीमदेखि ह्याकाथन तथा प्रतिस्पर्धामा आत्मविश्वाससँगै सहभागी हुने तरिका र सहयोग गरी प्रविधिको क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने पहुँचको समुदाय बनाउने लक्ष्य राखिएको छ ।

परियोजनाले स्नातक हुन लागेका विद्यार्थीलाई विश्वभर दिइने अनलाइन तालीम साधन तथा प्रमाणीकरण उपलब्ध गराउनुका साथै व्यक्तिगत रूपमा परामर्श र कम्पनीलाई चाहिएको सीपयुक्त श्रमशक्तिमा पहुँच हुने सुनिश्चित वातावरण निर्माणमा सघाउ पु¥याउने गर्दछ ।

परियोजनाले आर्थिक तथा सामाजिकरूपमा कमजोर पृष्ठभूमिका १०० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दछ । प्रविधिमा किशोरी संसारभर फैलिएको एक गैर नाफामूलक संस्था हो । संस्थामा ३६ देशमा एक लाखभन्दा बढी सदस्य रहेका छन् । यसको नेपाल शाखा सन् २०२० जनवरीदेखि शुरू भएको हो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रविधिक युगअनुरुप प्रदेशमा जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजनाले सो अभियानलाई सार्थक तुल्याउन सहयोगीसिद्ध हुने धारणा राख्नुभयो ।

उहाँले छोरीप्रतिको विभेद हटाउन सरकारले बेटी पढाऊ, बेटी बचाऊ, साइकल वितरण र सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो । मुख्यमन्त्री राउतले समाजमा छोरीलाई मानसिक रूपले कमजोर बनाउने, अवसरबाट वञ्चित गराउनेलगायतका मानसिकता र गतिविधि विद्यमान रहेकाले यसको अन्त्य गर्न र परिवर्तनका लागि किशोरीलाई प्रविधिमूलक शिक्षा दिनु आवश्यक छ भन्नुभयो ।

मन्त्री यादवले वर्तमान प्रविधिको युग भएकाले किशोरीलाई प्रविधितर्फ ध्यानाकर्षण गराई दीक्षित गर्नु आवश्यक छ भन्नुभयो । किशोरीलाई प्रविधिमा पहुँच गराई शारीरिक, मानसिक, सामाजिक रूपले आत्मबल अभिवृद्धि गराउनु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।

युकेएडका टोली प्रमुख बलजित बोहराले यो कार्यक्रमले नेपालको राजनीतिक तथा सामाजिक रूपान्तरणका लागि सघाउने डिएफआइडीको प्रबिद्धताको जगमा काम गरिरहेको बताउनुभयो ।